रकम थोरै भएपछि सेन्ट्रल कन्ट्रयाक्टमा हस्ताक्षर गर्न श्रीलंकन खेलाडीहरुद्वारा अस्विकार

श्रीलंकन क्रिकेट टिमका प्रमुख क्रिकेटरहरु टेस्ट कप्तान डिमुथ करुनारत्ने सहित दिनेश चण्डीमाल र एन्जेलो म्याथुजले श्रीलंका क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा हस्ताक्षर गर्न अस्विकार गरेका छन्। उनीहरुले त्यसको पछाडी कन्ट्रयाक्ट रकम अन्य बोर्डको तुलनामा निकै कम भएको कारण दिएका छन्।

श्रीलंकन क्रिकेट बोर्ड र खेलाडीहरु बीचको विवाद छिट्टै समाधान नभएको खण्डमा भारतसंग जुलाईमा हुने सिमित ओभर सिरिज समेत प्रभावित हुनसक्नेछ। ३-३ वटा एकदिवसीय र टि-ट्वान्टीको सिरिजले आर्थिक संकट भोगीरहेको श्रीलंका बोर्डलाई राहत दिने विश्वास गरिएको छ।

करुनारत्ने, म्याथुज र चण्डीमाल सहित अन्य ठूला खेलाडीहरुले जारि गरेको संयुक्त विज्ञप्तिमा उनीहरुले श्रीलंका बोर्डले प्रस्ताव गरेको रकम अन्य देशको तुलनामा एक तिहाई मात्र भएको बताएका छन्।

श्रीलंका क्रिकेट बोर्डले यो साता २४ जना क्रिकेटरलाई सेन्ट्रल कन्ट्रयाक्टको लागि प्रस्ताव गरेको थियो जसमा खेलाडीहरुलाई बिभिन्न १२ ग्रेडमा बिभाजन गरिएको छ। खेलाडीहरुलाई प्रस्तावमा हस्ताक्षर गर्न जुन ३ सम्मको मिति समेत तोकिएको छ।

कन्ट्रयाक्ट अनुसार धनन्जय डी सिल्भा र निरोशन डिकवेलाले सर्वाधिक वार्षिक १ लाख डलर प्राप्त गर्नेछन्

श्रीलंका बोर्डले खेलाडीहरुको प्रदर्शनको आधारमा ग्रेड तयार गरेको बताएको छ। जसअनुसार ‘ए वान’ ग्रेडमा रहेका धनन्जय डी सिल्भा र निरोशन डिकवेला रहेका छन् जसले वार्षिक १ लाख अमेरिकी डलर प्राप्त गर्नेछन्। यस्तै ‘ए टु’ ग्रेडमा कुशल परेरा र एन्जेलो म्याथुज छन् जसले ८० हजार डलर, ‘ए थ्री’ ग्रेडमा रहेका कुशल मेन्डिस र डिमुथ करुनारत्नेले ७० हजार डलर प्राप्त गर्नेछन्। सबैभन्दा कम ‘डी थ्री’ ग्रेडमा रहेका अशेन बन्डारा र अकिला दनन्जयले २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

श्रीलंकन बोर्डले सार्वजनिक गरेको नयाँ सेन्ट्रल कन्ट्रयाक्ट

A1 (USD 100,000): Dhananjaya de Silva, Niroshan Dickwella , A2 (USD 80,000): Kusal Perera, Angelo Mathews , A3 (USD 70,000): Kusal Mendis, Dimuth Karunaratne

B1 (USD 65,000): Suranga Lakmal, Dasun Shanaka , B2 (USD 60,000): Wanindu Hasaranga, Lasith Embuldeniya , B3 (USD 55,000): Pathum Nissanka, Lahiru Thirimanne

C1 (USD 50,000): Dushmantha Chameera, Kasun Rajitha, C2 (USD 45,000): Dinesh Chandimal, Lakshan Sandakan , C3 (USD 40,000): Vishwa Fernando, Isuru Udana

D1 (USD 35,000): Ramesh Mendis, Oshada Fernando , D2 (USD 30,000): Danushka Gunathilaka, Lahiru Kumara, D3 (USD 25,000): Ashen Bandara, Akila Dananjaya

भारतसंग तुलना गर्दा सबैभन्दा तल्लो सी ग्रेडको भारतीय खेलाडीले वार्षिक १ लाख ३७ हजार अमेरिकी डलर प्राप्त गर्नेगर्छन्।

“हामि आश्चर्यचकित र निराश छौँ।” खेलाडीहरुद्वारा जारि गरिएको बिज्ञप्तिमा बताईएको छ। उनीहरुले बोर्डले खेलाडीको नाम तोकेर छुट्टाछुट्टै कन्ट्रयाक्ट रकम सार्वजनिक गरेकोमा पनि आपत्ति जनाएका छन्।

“यसलाई सार्वजनिक गर्नु प्रत्येक खेलाडीको लागि एउटा गम्भीर सुरक्षा चिन्ताको विषय हो।”

श्रीलंका बोर्डले खेलाडीहरुको २०१९ देखिको प्रदर्शनलाई ५० प्रतिशत, फिटनेसलाई २० प्रतिशत तथा भविष्यको सम्भावना, नेतृत्व क्षमता, व्यवसायिकता लगायतलाई १० प्रतिशत अंक दिएर नयाँ कन्ट्रयाक्ट बनाएको हो। तर खेलाडीहरुलाई भने उनीहरुले कुन क्राइटेरियामा कति अंक प्राप्त गरेको जानकारी गराइएको छैन।

खेलाडीहरुले आफुले प्राप्त उक्त क्राइटेरिया अनुसार प्राप्त गरेको अंक समेत थाहा दिईनुपर्ने माग राखेका छन्।

श्रीलंका क्रिकेटको क्रिकेट सल्लाहकार समितिका अध्यक्ष अरभिन्दा डी सिल्भाले यो तितो निर्णय गर्नुको पछाडी खेलाडीहरुको बिगतको प्रदर्शन रहेको बताएका छन्।

खेलाडीहरुले भने खराब प्रदर्शनको जिम्मा श्रीलंकन क्रिकेट बोर्डलाईनै दिंदै आएका छन्।

आईसीसी वरियतामा हाल श्रीलंका टेस्टमा आठौँ, वानडेमा नवौं र टि-ट्वान्टीमा आठौँ स्थानमा रहेको छ।

धेरैले पढेको 

टेस्ट सिरिज खेल तालिका परिवर्तन गर्न बिसीसीआईको प्रस्ताव ईसीबीद्वारा अस्विकार

सिपिएल टि-ट्वान्टी अगस्ट २८ देखि, सन्दिप खेल्ने अनिश्चित

रसेल र हेटमायरलाई समाबेश गर्दै वेस्टइन्डिजद्वारा बलियो टिमको घोषणा

टि-ट्वान्टी विश्वकपमा २० वटा टिम, इन्टर कन्टिनेन्टल कप फरक नाममा





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]