बलात्कार आरोपमा श्रीलङ्काली ब्याट्सम्यान गुनाथिलाका पक्राउ

विश्वकप खेल्न अस्ट्रेलिया पुगेका श्रीलङ्काली क्रिकेटर धनुष्का गुनाथिलाका बलात्कारको आरोपमा पक्राउ परेका छन्।

क्रिकइन्फोका अनुसार एक २९ वर्षीया महिलाले प्रहरीमा धनुष्काले आफूमाथि बलात्कार गरेको उजुरी दिएपछि आइतबार पक्राउ परेका हुन्।

गुनाथिलाकालाई प्रहरीले सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टस्थित टोली रहेको होटेलबाटै स्थानीय समय अनुसार दिउँसो १ बजे पक्राउ गरेको हो। प्रहरीका अनुसार रोज बेमा बुधबार गुनाथिलाकाले एक २९ वर्षीया महिलामाथि यौन दुर्व्यवहार गरेका थिए । ती महिलाको उजुरी पछि थप छानबिन गर्न ३१ वर्षीय धनुष्कालाई नियन्त्रणमा लिएर सिड्नी सिटी प्रहरी चौकीमा राखिएको छ।

‘महिलाले एक अनलाइन डेटिङ एप्लिकेसनमार्फत धेरै दिनसम्म उनीसँग कुराकानी गरेपछि दानुस्काले उनले भेटेका थिए। त्यसपछि बुधबार साँझ उसले यौन दुर्व्यवहार गरेको आरोप महिलाले लगाएकी छन्’, न्यू साउथ वेल्स प्रहरीले भनेको छ।उनीमाथि ती महिलाले आफ्नो सहमति बिना चार पटकसम्म बलात्कार गरेको आरोप लगाएकी छन्।

प्रहरीले जमानत दिन अस्वीकार गरेपछि श्रीलङ्काका खेलाडीहरू उनी बिना नै आज स्वदेश फर्किएका छन्। अब नोभेम्बर ७ मा उनलाई डाउनिङ सेन्टरको स्थानीय अदालतमा पेस गर्ने प्रहरीले जनाएको छ। गुनाथिलका ह्यामस्ट्रिङको चोटका कारण टी–२० विश्वकपको पहिलो चरणबाट बाहिरिएका थिए। उनको स्थानमा एशेन बन्दाराले खेलेका थिए। तर पनि उनी अस्ट्रेलियामै रहेका थिए। सुपर १२ बाट बाहिरिएको श्रीलङ्काको टोली उनी बिना नै आइतबार बिहान स्वदेश प्रस्थान गरेको छ।

नोभेम्बर २०१५ मा आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेदेखि उनले श्रीलङ्काका लागि ८ टेस्ट, ४७ एक दिवसीय र ४६ टी-२० खेलेका छन्। धनुष्काले अहिलेसम्म ८ टेस्ट खेलमा १८.६९ को औसतमा कुल २९९ रन बनाएका छन्। यस्तै ४७ ओडिआई खेलेका उनले ४६ इनिङमा ३५.५८ को औसतमा कुल १६०१ रन बनाएका छन्। यस क्रममा उनको ब्याटले २ शतक र ११ अर्ध शतक पनि प्रहार गरेको थियो।

यस्तै उनले ४६ टी-२० खेलका ४५ इनिङ्समा १६.४७ को औसत र १२०.४९ को स्ट्राइक रेटमा कुल ७४१ रन बनाएका छन्। धनुष्काको नाममा टी–२० मा ३ अर्ध शतक पनि छ।





थप समाचार

युएईलाई हराउदै नेपाल विश्वकपमा

काठमाडौं । युनाइटेड अरब इमिरेट्स(युएई) लाई हराउदै नेपालले आईसिसी यु १९ महिला विश्वकपमा छनोट भएको छ । युएईको अजमानमा बुधवार […]

नेपाल यु-१९ महिला टि-२० विश्वकप छनोट

‘गर या मर’ को खेलमा घरेलु टोलि युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल पहिलो पटक यु-१९ महिला टि-ट्वान्टी विश्वकप खेल्न […]

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टाेलीमा अनुबन्ध गरेकाे छ । […]

काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सुरु

मंगलबार बालुवाटारस्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) मा सम्पन्न पहिलो दिनको छनोटमा उल्लेखनिय खेलाडीको सहभागिता थियो । काठमान्डौंका प्रमुख कार्यकारी अधिकृत […]

सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ । टोलीका‌ मालिक स्वतन्त्र […]

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका […]