श्रीलंकाले फेरी कप्तान परिवर्तन गर्ने

२०७८ असार २५, शुक्रबार १०:२३

कुशल परेरालाई प्रतिस्थापन गर्दै अलराउण्डर दासुन शनाकाले भारत बिरुद्ध जुलाई १३ देखि सुरु हुने वानडे र टि-२० सिरिजमा श्रीलंकाको कप्तानी गर्ने भएका छन्। परेरालाई दुई महिना अघि मात्रै कप्तान नियुक्त गरिएको थियो।

२९ वर्षीय आक्रामक ब्याट्सम्यान तथा सिम बलर चार वर्ष भन्दा कम अवधिमा श्रीलंकाको छैठौं कप्तान बन्ने भएका छन्।

दिनेश चण्डीमाल, एन्जेलो म्याथुज, लासिथ मालिंगा, दिमुथ करुनारत्ने र कुशल परेराले २०१८ को सुरुवात पछि श्रीलंकाको कप्तानी सम्हालीसकेका छन्।

शनाका २०१९ मा पाकिस्तानलाई तिन वटा टि-२० को सिरिजमा क्लिन स्विप गर्दा टिमको कप्तान रहेका थिए तर उनलाई कप्तानमा निरन्तरता दिईएको थिएन। एकदिवसीयमा भने उनले कप्तानी गरेका छैनन्।

ईएसपीएन क्रिक्इन्फोका अनुसार कप्तानी परिवर्तन गर्नुको कारण छनौटकर्ताले टिमको प्रदर्शन बताएका छन्। परेराको नेतृत्वमा श्रीलंकाले खेलेको सबै तिन सिरिजमा सहजै हार बेहोरेको छ त्यसैले छनौटकर्ताहरुले उनलाई प्रतिस्थापन गरेका हुन्। परेराको कप्तानीमा ६ एकदिवसीयमा श्रीलंकाले एक मात्र जित दर्ता गर्न सक्यो भने तिनवटा टि-२० मा श्रीलंकाले हार बेहोर्यो।

श्रीलंका क्रिकेट बोर्डले बुधबार भारत बिरुद्ध सिरिजको लागि ३० जना खेलाडीहरुलाई अनुबन्धित गरेको घोषणा गरेको थियो जस मध्ये कुशल परेराले त्यसमा हस्ताक्षर गर्न मानेका थिएनन्। यो विश्वास गरिएको छ कि परेराले अन्य खेलाडीहरुलाई सम्झौतामा हस्ताक्षर नगर्न प्रोत्साहित गरेका थिए। शनाकाले भने अनुबन्ध स्वीकार गरेका थिए।

खेलाडीहरुको समूहले मंगलबारसम्म पनि बोर्डको अनुबन्ध स्वीकार नगर्ने निर्णय गरेको थियो तर पछि शानका सहित केहि खेलाडीले अनुबन्धमा हस्ताक्षर गरेका थिए।

श्रीलंका क्रिकेट बोर्डले खेलाडीहरुलाई प्रत्येक सिरिजको आधारमा अनुबन्ध गर्ने प्रस्ताव गरेको थियो। अहिले वार्षिक अनुबन्ध गर्ने नभई र भारत बिरुद्ध सिरिजको लागि मात्र खेलाडी अनुबन्ध गर्ने आवस्यकता रहेको थियो। इंग्ल्यान्ड भ्रमणमा खेलाडीहरु अनुबन्ध हस्ताक्षर नगरी गएका थिए।

श्रीलंकाको प्रदर्शनको आधारमा गरिने अनुबन्ध अनुसार २४ शिर्ष खेलाडीहरुलाई चार वटा श्रेणीमा बिभाजन गरेर अनुबन्ध गरिनेछ। त्यस मध्ये ६ जना खेलाडीहरुलाई ए श्रेणीमा राखिने जसको वार्षिक तलब ७० हजार देखि १ लाख डलर रहेको छ। रिपोर्टका अनुसार ए श्रेणीमा रहेका खेलाडी मध्ये धनन्जय डी सिल्भा र निरोशन डिकवेलाले सर्वाधिक १ लाख डलर पाउनेछन्।

सम्बन्धित 

बोर्डसंग चित्त नबुझ्दा भारत बिरुद्ध सिरिजबाट म्याथुजद्वारा नाम फिर्ता, सन्यास लिन सक्ने

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy