असलंका र फर्नान्डोको अर्धशतक , श्रीलंकाद्वारा भारतलाई २७६ रनको लक्ष्य

२०७८ श्रावण ५, मंगलवार १९:०९

भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेलमा श्रीलंकाले भारतलाई २७६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कोलोम्बो स्थित आर प्रेमदाषा स्टेडियममा टस जितेर ब्याटिंग रोजेको घरेलु टोलिले निर्धारित ५० ओभरमा ९ विकेट क्षेतीमा २७५ रन बनायो।

श्रीलंकाको ब्याटिंगमा देब्रे हाते ब्याट्सम्यान चरिथ असलंकाले करियरकै पहिलो अर्धशतक तथा उत्कृस्ट व्यक्तिगत स्कोर बनाउने क्रममा ६५ रन योगदान दिए जुन क्रममा उनले ६८ बलमा ६ चौका प्रहार गरे। यस्तै अभिस्का फर्नान्डोले ५० रन बनाए जुन क्रममा ७१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। चमिका करुनारत्नेले अविजित ४४ रन बनाए भने धनन्जय डी सिल्भाले ३२ तथा दाशुन शनाकाले १६ रन योगदान दिए।

ओपनरद्वय अभिस्का फर्नान्डो र मिनोद भानुकाले ७७ रनको ओपनिंग साझेदारी गरेका थिए। १४ औं ओभरमा लगातार बलमा युजभेन्द्र चहलले भानुका र भानुका राजपक्षको विकेट लिंदै भारतलाई खेलमा फर्काए। तेश्रो विकेटको लागि फर्नान्डोले धनाज्य डी सिल्भासंग ४७ रन जोडे। २४ औं ओभरमा फर्नान्डोलाई भुवनेश्वर कुमारले क्याच आउट गरत्ये। २८ औं ओभरमा दिपक चाहरले धनन्जय डी सिल्भालाई पेभेलियन फर्काए। त्यसपछि असलंकाले कप्तान शनाकासंग ३८ रन जोडे। ३६ औं ओभरमा शनाकालाई चाहलले बोल्ड गरे।

र्को किनारमा विकेट गुमेता पनि चरिथ असलंकाले एक किनार सम्हाल्दै टिमको योगफल २५० नजिक पुर्याए। ४८ औं ओभरमा असलंकालाई भुवनेश्वर कुमारले क्याच आउट गराए। आठौँ नम्बरमा ब्याटिंग गरेका चमिका करुनारत्नेले त्यसपछि एक किनार सम्हाल्दै अन्तिमसम्म ब्याटिंग गरे।

भारतको बलिंगमा लेग स्पिनर युजभेन्द्र चाहल ( १०-१-५०-३ ) र भुवनेश्वर कुमारले ( १०-०-५४-३ ) समान ३ विकेट लिए। दिपक चाहरले २ विकेट ( ८-०-५३-२ ) लिए। कुलदिप यादव, क्रुनाल पान्ड्या र हार्दिक पान्ड्या विकेटविहिन रहे।

सिरिज अन्तर्गत पहिलो खेलमा भारत ७ विकेटले सहजै विजयी भएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy