पाकिस्तानमा टि-२० र वान-डे सिरिज खेल्न श्रीलंका तयार

सन् २००९ मा श्रीलंकन राष्ट्रिय क्रिकेट टिमलाई पाकिस्तानमा आतंककारी हमला भएको थियो। क्रिकेटरहरु टेस्ट सिरिज अन्तर्गत दोश्रो टेस्टको तेश्रो दिनको खेल खेल्न मैदान जाने क्रममा टिम बसमा आक्रमण भयो। आक्रमणमा ६ श्रीलंकन खेलाडीहरु, २ सहायक स्टाफ र १ रिजर्भ अम्पायर घाइते भएका थिए। यस्तै ६ जना पाकिस्तान पुलिस अफिसर र २ सर्वसाधारणको निधन हुन पुगेको थियो भने ३ आतंककारी पनि मारिए।

आक्रमणमा घाइते हुने श्रीलंकन क्रिकेटरहरुमा कप्तान महेला जयबर्धने सहित थिलान समरविरा, कुमार साँगाकारा, थारंगा पारनाभिताना, अजन्था मेन्डिस, चामिन्दा भास, महेला जयवर्धने र सुरंगा लक्मल थिए।

क्रिकेट जगतलाईनै हलचल गराएको उक्त घटनापछि पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट ठप्प भएको थियो। घटना पछि २०११ को विश्वकपको खेलहरु पनि पाकिस्तानले खेलाउन पाएन।

उक्त डर लाग्दो घटनाको १० वर्ष पछि श्रीलंकन क्रिकेट टिमले लामो सिरिज खेल्न टिमलाई पाकिस्तान पठाउने भएको छ। यसले पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट पहिले जस्तै फर्किने संकेत समेत मानिएको छ। २०१७ मा श्रीलंकन टिमले पाकिस्तान भ्रमण गरे पनि मात्र एउटा टि-२० खेलेको थियो।

श्रीलंकन क्रिकेट टिमले सेप्टेम्बरमा पाकिस्तानमा ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र उतिनै टि-२० अन्तर्राष्ट्रिय खेल्ने पक्का भएको छ। यस्तै दुइ देशले डिसेम्बरमा २ वटा टेस्ट पनि खेल्नेछ।

श्रीलंकन क्रिकेट टिम कराँचीमा २५ सेप्टेम्बर मा पुग्नेछ जसपछि २७ र २९ सेप्टेम्बर तथा २ अक्टोबरमा ३ वटा एकदिवसीय खेल्नेछ। त्यसपछि लाहोरमा ५,७ र ९ अक्टोबरमा ३ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्नेछ। सिरिज पछि १० अक्टोबरमा श्रीलंका घर फर्किनेछ।

श्रीलंका क्रिकेटका अनुसार यस अघि पाकिस्तान र श्रीलंकाले वर्ल्ड टेस्ट टेस्ट च्याम्पियनसीप अन्तर्गत अक्टोबरमा २ वटा टेस्ट खेल्ने कार्यक्रम तय भएको थियो। जसपछि पाकिस्तानले श्रीलंकासंग डिसेम्बरमा टि-२० र एकदिवसीय सिरिज खेल्ने तालिका थियो। शुक्रबार पाकिस्तान क्रिकेट बोर्ड अध्यक्ष एहसान मनी र श्रीलंका क्रिकेटका अध्यक्ष शामी शिल्भा बीचको टेलिफोन वार्तालाप पछि श्रीलंका पाकिस्तानमा खेल्न तयार भएको श्रीलंका क्रिकेटले बताएको छ।

पाकिस्तानले सन् २००९ पछि ६ वर्ष अन्तर्रास्ट्रिय क्रिकेट घरेलु मैदानमा खेल्न पाएको थिएन। युएईलाई घरेलु मैदान बनाउदै पाकिस्तानले खेल्दै आएको थियो। २०१५ मा जिम्बाबेले पाकिस्तानमा ३ वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेलेको थियो। त्यसपछि श्रीलंकन क्रिकेट टिमले २०१७ अक्टोबरमा एउटा टि-२० अन्तर्राष्ट्रियमा खेलेको थियो। तर त्यसबेला श्रीलंकन कप्तान उपुल थारांगा, लासिथ मलिंगा, सुरंगा लक्मल, निरोशन डिकवेला र अकिला धनन्जय खेल्न मानेका थिएनन्।

श्रीलंकन क्रिकेटका सुरक्षा अधिकारीहरुले यसै महिना पाकिस्तानको भ्रमण गरेपछि सुरक्षा प्रवन्ध प्रति सन्तुस्टि व्यक्त गरेका थिए।

यस्तै २०१७ सेप्तेबरमा फाफ डु प्लेसिस कप्तानीको विश्व-११ टिमले ३ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज लाहोरमा खेलेको थियो। वेस्टइन्डिज क्रिकेट टिमले पनि २०१८ मा तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलेको थियो। पाकिस्तान सुपर लिगको सिमित खेलहरु पनि पाकिस्तानमा आयोजना हुँदै आएको छ।

“आईसीसी विश्व-११ टिम, २०१७ मा श्रीलंकासंग एउटा टि-२०, वेस्टइन्डिजसंगको सिरिज तथा पाकिस्तान सुपर लिग २०१९ को खेलहरु आयोजना गर्नुले बिगत १-२ वर्षमा पाकिस्तानको आफ्नो सुरक्षाको दावीलाई प्रमाणित गर्छ।” श्रीलंका क्रिकेटका अध्यक्ष शामी सिल्भाले बताए।

“पाकिस्तान बोर्ड र श्रीलंका क्रिकेटको सम्बन्ध पुरानो रहेको छ। यो निर्णयले हाम्रो सम्बन्धलाई अझ मजबुत बनाएको छ। श्रीलंका क्रिकेटले पाकिस्तानमा क्रिकेट प्रवर्द्धन गर्ने भूमिकामा प्रतिबद्ध रहेको छ।” सिल्भालले थपे।

पाकिस्तान बोर्डका अध्यक्ष एहसान मनिले देशमा अन्तर्राष्ट्रिय क्रिकेट भित्र्याउन श्रीलंकाको समर्थनलाई धन्यवाद दिएका छन् –

“श्रीलंका क्रिकेटले पाकिस्तानले पूर्णत अन्तर्राष्ट्रिय क्रिकेट भित्र्याउन गरेको प्रयासमा साथ दिएको छ। श्रीलंका क्रिकेटसंघ भएको सम्झौता प्रति हामि धन्य छौँ।”

श्रीलंकन क्रिकेटका सुरक्षा अधिकारीहरुले यसै महिना पाकिस्तानको भ्रमण गरेपछि सुरक्षा प्रवन्ध प्रति सन्तुस्टि व्यक्त गरेका थिए।

श्रीलंकामा अप्रिल २०१९ मा चर्च र होटलहरुमा भएका बम आक्रमणमा २५० जना भन्दा बढीको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए। उक्त घटना पछि पाकिस्तानले आफ्नो अन्डर-१९ टिमलाई ५ वटा एकदिवसीय खेल्न श्रीलंका पठाएको थियो। पाकिस्तानको उक्त कामले दुइ देश बीच सम्बन्ध मजबुतीमा महत्वपूर्ण भूमिका खेलेको थियो। त्यसपछि श्रीलंकालाई पाकिस्तानमा निम्तो दिन अझ सहज भएको थियो।

( श्रीलंका क्रिकेट र इएसपीएन क्रिक्इन्फोको सहयोगमा )





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]