T20WC : श्रीलंकाद्वारा अस्ट्रेलियालाई मध्यम लक्ष्य

युएईमा जारी टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको समुह ‘१’ अन्तर्गतको खेलमा श्रीलंका र अस्ट्रेलिया प्रतिस्पर्धा गरिरहेका छन्।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट क्षेतीमा १५४ रन बनाउदै अस्ट्रेलियालाई १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ। उसको लागि भानुका राजापक्षले अविजित ३३ रन तथा कुशल परेरा र चरिथ असलंकाले समान ३५ रन बनाए। दासुन शनाकाले १२ तथा चमिका करुनारत्नेले अविजित ९ रन बनाए।

परेरा र असलंकाले दोश्रो विकेटको लागि ६३ रनको साझेदारी गरेका थिए। त्यसपछि लगातार विकेट गुम्दा छैठौं विकेटको लागि राजापक्षले कप्तान दासुन शनाकासंग ४० रनको साझेदारी गरे भने सातौं विकेटको लागि करुनारत्नेसंग २० रन जोडे। पावरप्लेको ६ ओबरमा ५३ रन बनाएको श्रीलंकाले अन्तिम ५ ओभरमा १ विकेट गुमाएर ४९ रन बनाए।

अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्क ( ४-०-२७-२ ), प्याट कमिन्स ( ४-०-३४-२ ) र एडम जाम्पाले समान २ विकेट लिए।

अस्ट्रेलिया र श्रीलंका दुवैले आफ्नो पहिलो खेलमा जित दर्ता गरेका थिए। दुवै टिमले आफ्नो पहिलो खेल लक्ष्य पछ्याउदै जितेको थियो। श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो जुन क्रममा १७२ रनको लक्ष्य पछ्याएको थियो भने अस्ट्रेलियाले दक्षिण अफ्रीकालाई ५ विकेटले पराजित गरेको थियो जुन क्रममा ११९ रनको लक्ष्य पछ्याएको थियो। आज जित्ने टिमको सेमीफाइनल यात्रा केहि सहज हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy