एसिया कप : २ विकेटले बंगलादेशलाई हराउदै श्रीलंका सुपर-४ प्रवेश

२०७९ भाद्र १७, शुक्रबार ००:१०

बंगलादेशलाई २ विकेटले पराजित गर्दै श्रीलंका युएईमा जारि एसिया कपको सुपर-४ चरण प्रवेश गरेको छ। यस अघि भारत र अफगानिस्तानले सुपर-४ चरणमा स्थान पक्का गरिसकेका छन्।

स्कोरकार्ड हेर्नुस 

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा बंगलादेशले दिएको १८४ रनको लक्ष्य श्रीलंकाले ४ बल बाँकी रहंदा ८ विकेट गुमाएर भेटायो। श्रीलंकन क्रिकेट टिमले पछ्याएको यो दोश्रो ठूलो लक्ष्य हो। यस अघि २०२२ मा श्रीलंकाले बंगलादेश बिरुद्धनै १९४ रनको लक्ष्य पछ्याएको थियो। युएईमा कुनै पनि टिमले पछ्याएको योनै सर्वाधिक लक्ष्य हो।

श्रीलंकाको लागि ओपनर कुशल मेन्डिसले सर्वाधिक ६० रन बनाए जुन क्रममा ३७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। कप्तान दासुन शनाकाले ४५, पथुम निसंकाले २० रन बनाए। असिथा फर्नान्डोले ३ बलमा २ चौका मद्दतले अविजित १० रन बनाउदै छिटो जित दिलाए। लक्ष्य पछ्याउने क्रममा बंगलादेशले अन्तिम दुई ओभरमा दुईवटा रन आउट दिनु हारको प्रमुख कारण बन्न पुग्यो।

बंगलादेश बलर इबादत होसेनले ३ विकेट, तास्किन एहमदले २ विकेट तथा मुस्तफिजुर रहमान र मेहदी हसनले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ७ विकेट क्षेतीमा १८३ रन बनायो। उसको लागि अफिफ होसेनले सर्वाधिक ३९, मेहदी हसनले ३९, महमुदुल्लाह र शाकिब अल हसनले समान २४ रन बनाए। श्रीलंकन बलर वानिन्दु हसरंगा र चमिका करुनारत्नेले २/२ विकेट लिए।

स्कोरकार्ड हेर्नुस 

समुह ‘बि’ बाट यस अघिनै दुवै खेल जित्दै अफगानिस्तान सुपर-४ चरण प्रवेश गरिसकेको छ। १ जित र १ हार पछि श्रीलंका सुपर-४ प्रवेश गर्दा दुवै हार बेहोरेको बंगलादेश पहिलो चरणबाट बाहिर भयो। समुह ‘ए’ बाट दुवै खेल जित्दै भारत सुपर-४ प्रवेश गरिसकेको छ। पाकिस्तान र हंगकंग बीच भोलिको खेलको विजेता टिम सुपर-४ प्रवेश गर्ने अन्तिम टिम हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy