पहिलो एकदिवसीयमा बंगलादेश विजयी , रहिम र हसनको उत्कृस्ट प्रदर्शन

२०७८ जेष्ठ ९, आईतवार २०:४९

पहिलो एकदिवसीयमा भ्रमण टोलि श्रीलंकालाई ३३ रनले पराजित गर्दै बंगलादेशले तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

शेरे बांग्ला स्टेडियम, ढाकामा सम्पन्न खेलमा बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले ४८.१ ओभरमा सबै विकेट गुमाएर २२४ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले निरन्तर अन्तरालमा विकेट गुमाउन पुग्यो। माथिल्लो क्रममा कुशल परेराले ३० रन, दनुश्का गुनथिलाकाले २१ रन तथा कुशल मेन्डिसले २४ रन बनाएता पनि राम्रो सुरुवातलाई ठूलो योगफलमा परिणत गर्न सकेनन्। फलस्वरुप श्रीलंकाले १०२ रन बनाउदा ६ विकेट गुमाउन पुग्यो।

वानिन्दु हसरंगाले अर्धशतक बनाए

आठौँ नम्बरमा ब्याटिंग गरेका वानिन्दु हसरंगाले त्यसपछि एक किनार सम्हाल्दै श्रीलंकालाई जितको आशा दिलाए। हसरंगाले सातौँ विकेटको लागि दासुन शनाकासंग ४७ रनको साझेदारी गरे। ३५ औं ओभरमा शनाकालाई सैफुद्दीनले बोल्ड गरेपछि उनले आठौँ विकेटको लागि इसुरु उडानासंग ६२ रनको साझेदारी गर्दै योगफल २ सय पार गराए।

४५ औं ओभरमा हसरंगालाई मोहम्मद सैफुद्दीनले क्याच आउट गराउदै बंगलादेशलाई खेलमा फर्काए। त्यस अघि हसरंगाले ६० बलमा ३ चौका र ५ छक्का मद्दतले ७४ रन बनाए। लगत्तै ओभरमा २१ रन बनाएका उडानालाई मुस्तफिजुर रहमानले पेभेलियन फर्काए जसपछि बंगलादेश पूर्णत खेलमा हावी हुन पुग्यो।

बंगलादेशको बलिंगमा अफ्स्पिनर मेहदी हसनले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा २ मेडन ओभर गर्दै मात्र ३० रन खर्चिए। मुस्तफिजुर रहमानले ३ विकेट ( ९-०-३४-३ ) लिए भने मोहम्मद सैफुद्दीनले २ विकेट तथा  शाकिब अल हसनले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट क्षेतीमा २५७ रन बनाएको थियो।

बंगलादेशको लागि मुस्फिकुर रहिमले सर्वाधिक ८४ रन बनाए जुन क्रममा उनले ८७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। मह्मुदुल्लाहले ७६ बलमा २ चौका र १ छक्का मद्दतले ५४ रन तथा कप्तान तामिम इकबालले ७० बलमा ६ चौका र १ छक्का मद्दतले ५२ रन बनाए। अफिफ हुसेनले अविजित २७, शकिब अल हसनले १५ तथा सैफुद्दीनले अविजित १३ रन बनाए।

९९ रनको योगफलमा ४ विकेट गुमाएको अवस्थामा मुस्फिकुर रहिमले महमुदुल्लाहसंग पाँचौ विकेटको लागि १०९ रनको साझेदारी गर्दै टिमको योगफल २ सय पार गराएका थिए। रहिमलाई ४४ औं ओभरमा लक्षण सन्दकनले क्याच आउट गराए।

श्रीलंकाको बलिंगमा अफ स्पिनर धनन्जय डी सिल्भाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ४५ रन खर्चिए। दुश्मन्था चमिरा, दनुस्का गुनथिलाका र लक्षण सन्दकनले समान १ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो खेल मे २५ तारिखमा तथा तेश्रो खेल मे २८ तारिखमा खेलिनेछ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/cpl-sandeep-retain-bhayenan-wn21/

https://wicketnepal.com/ipl-baki-khel-sep-oct/

https://wicketnepal.com/sl-cricket-bibad-wn21-5-21/

https://wicketnepal.com/sanyas-firta-ab-bare-d-villiers-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy