तेश्रो खेलमा ९७ रनले बंगलादेशलाई पराजित गर्दै भ्रमण टोलि श्रीलंकाले तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजमा पहिलो जित दर्ता गरेको छ। पहिलो र दोश्रो खेल बंगलादेशले क्रमशः ३३ रन र १०३ रनले ( डीएल मेथड ) जित्दै सिरिज आफ्नो पक्षमा पारिसकेको थियो। २-१ को सिरिज जित कुनै पनि फर्म्याटमा श्रीलंका बिरुद्ध बंगलादेशको पहिलो सिरिज जित हो।
शेरे बांग्ला नेसनल स्टेडियम, ढाकामा सम्पन्न खेलमा श्रीलंकाले दिएको २८७ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टोलि बंगलादेश ४२.३ ओभरमा १८९ रनमा समेटिन पुग्यो।
लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको बंगलादेशले २८ रनको योगफलमा सुरुवाती तिन विकेट गुमाउन पुग्यो। दायाँ हाते पेसर दुश्मन्था चमिराले तामिम इकबाल, मोहम्मद नैम र शाकिब अल हसनलाई पेभेलियन फर्काए।
चौथो विकेटको लागि मुस्फिक्कुर रहिम र मोसद्देक हुसेनले ५६ रन जोडे। अघिल्लो खेलमा शतक बनाएका रहिम २८ रन बनाएर २४ औं ओभरमा रमेश मेन्डिसबाट क्याच आउट भए। पाँचौ विकेटको लागि हुसेनले मह्मुदुल्लाहसंग ४१ रन जोडे। अर्धशतक पुरा गरे लगत्तै हुसेन ५१ रन बनाएर मेन्डिसको दोश्रो शिकार बने। त्यसपछि महमुदुल्लाहले एक किनार सम्हालेता पनि अर्को किनारमा बंगलादेशले निरन्तर विकेट गुमाउन पुग्यो।
अन्तिम विकेटको रुपमा आउट हुने क्रममा महमुदुल्लाहले ५३ रन बनाए जुन क्रममा ६३ बलमा २ चौका र १ छक्का प्रहार गरे।
श्रीलंकाको बलिंगमा दुश्मन्था चमिराले करियरकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ५ विकेट लिए। उनले ९ ओभर बलिंग गर्दा १ मेडन ओभर गर्दै १६ रन खर्चिए। वानिन्दु हसरंगा ( १०-०-४७-२ ) र रमेश मेन्डिस ( ७-०-४०-२ ) र बिनुरा फर्नान्डोले १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग रोजेको श्रीलंकाले निरधारित ५० ओभरमा ६ विकेट क्षेतीमा २८६ रन बनाएको थियो।
श्रीलंकाको लागि कप्तान तथा ओपनर कुशल परेराले छैठौँ एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउने क्रममा सर्वाधिक १२० रन बनाए जुन क्रममा उनले १२२ बलमा ११ चौका र १ छक्का प्रहर गरे। धनन्जय डी सिल्भाले अविजित ५५ रन, दनुश्का गुनथिलाकाले ३९ रन, कुशल मेन्डिसले २२ रन तथा वानिन्दु हसरंगाले १८ रन बनाए।
परेराले दनुश्का गुनथिलाकासंग ८२ रनको, कुशल मेन्डिससंग ६९ रनको तथा धनन्जय डी सिल्भासंग ६५ रनको साझेदारी गरेका थिए।
श्रीलंकाको बलिंगमा दायाँ हाते पेसर तास्किन एहमदले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ९ ओभरमा ४६ रन खर्चिए। शोरिफुल इस्लामले १ विकेट लिए।
धेरैले पढेको
https://wicketnepal.com/sl-cricket-bibad-wn21-5-21/
https://wicketnepal.com/wtc-final-new-rules-wn21/
https://wicketnepal.com/gayle-punaragaman-cpl-t20-wn21/
https://wicketnepal.com/sandeep-cpl-t20-wn21-tringabo/
https://wicketnepal.com/saryo-asia-cup-wn21-523/