करुनारत्ने र थिरीमानेको शतकमा श्रीलंका बलियो

श्रीलंका र बंगलादेश बीच दुई टेस्ट म्याचको सिरिज अन्तर्गत दोश्रो टेस्ट सुरु भएको छ।

पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिंग रोजेको श्रीलंकाले पहिलो दिन उत्कृस्ट सुरुवात गरेको छ। दिनको समाप्तिमा श्रीलंकाले ९० ओभर ब्याटिंग गर्दै १ विकेट क्षेतीमा २९१ रन बनाएको छ।

घरेलु टोलिका ओपनर कप्तान डिमुथ करुनारत्ने र लाहिरु थिरीमानेले २०९ रनको ओपनिंग साझेदारी गर्दै उत्कृस्ट सुरुवात दिलाए।

६४ औं ओभरमा देब्रे हाते पेसर शोरीफुल इस्लामको बलमा लिटन दासबाट क्याच आउट हुनु अघि करुनारत्नेले ११८ रन बनाए। उनले १९० बलमा १५ चौका प्रहार गरे। टेस्ट करियरमा करुनारत्नेको यो १२ औं शतक हो।

करुनारत्नेको विकेटपछि थिरीमानेले दोश्रो विकेटको लागि ओशाडा फर्नान्डोसंग ८२ रनको साझेदारी गर्दा पहिलो दिनको समाप्ति भएको छ।

टेस्ट करियरमा तेश्रो शतक बनाएका थिरीमाने अविजित १३१ रन बनाएका छन् जुन क्रममा २५३ बलमा उनले १४ चौका प्रहार गरेका छन्।फर्नान्डो ९८ बलमा ४ चौका मद्दतले ४० रनमा अविजित छन्।

बंगलादेशको लागि १ मात्र विकेट शोरीफुल इस्लामले लिएका छन् जसले १६ ओभरमा ३ मेडन ओभर गर्दै ५२ रन खर्चेका छन्।

करुनारत्नेको ५ हजार रन पुरा 

 

श्रीलंकन कप्तान डिमुथ करुनारत्नेले टेस्ट क्रिकेटमा ५ हजार रन पुरा गरेका छन्। उनले ७२ औं खेलको १३८ इनिंग्समा ब्याटिंग गर्दै ५ हजार १ सय १० रन बनाएका छन् जुन क्रममा १२ शतक र २५ अर्धशतक प्रहार गरेका छन्।

श्रीलंकाको लागि टेस्ट क्रिकेटमा डिमुथ करुनारत्ने सहित १० जना क्रिकेटरले ५ हजार रन बनाएका छन्। कुमार संगाकारा ( १२ हजार ४ सय रन ) र महेला जयवर्द्धने ( ११ हजार ८ सय १४ रन ) ले मात्र १० हजार रन पुरा गर्न सकेका छन्।

धेरैले पढेको 

https://wicketnepal.com/nepal-t20i-ranking-wn21-428/

https://wicketnepal.com/ipl-m-23-srh-vs-csk-wn21-rep/

https://wicketnepal.com/sandeep-feri-ipl-khelna-chahanchu-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy