T20WC : श्रीलंकाद्वारा बंगलादेश पराजित, असलंका र राजापक्षेको उत्कृस्ट साझेदारी

बंगलादेशलाई ५ विकेटले पराजित गर्दै श्रीलंकाले टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरणको समुह ‘१’ अन्तर्गतको आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको छ। यो संगै श्रीलंकाले जारि विश्वकपमा जित यात्रा जारि राखेको छ। समुह चरणमा श्रीलंकाले तिन वटै खेलमा जित दर्ता गरेको थियो।

युएईको शारजाह स्टेडियममा बंगलादेशले दिएको १७२ रनको लक्ष्य श्रीलंकाले ५ विकेट क्षेतीमा ७ बल बाँकी हुँदै भेटायो। श्रीलंकाको लागि चरिथ असलंकाले सर्वाधिक ८० रन बनए जुन क्रममा अविजित रहेका उनले ४९ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। यस्तै भानुका राजपक्षेले ३१ बलमा ३ चौका र ३ छक्का मद्दतले ५३ रन बनाए। यस्तै पथुम निसंकाले २४ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा ओपनर कुशल परेरा पहिलो ओभरमै आउट भएपछि दोश्रो विकेटको लागि पथुम निसंका र चरिथ असलंकाले ६९ रनको साझेदारी गरे। नवौं ओभरमा शाकिब अल हसनले निसंका तथा अभिस्का फर्नान्डोलाई खाता नखोली पेभेलियन फर्काए। लगत्तै ओभरमा वानिन्दु हसंरागा पनि आउट भए। ७९/४ को अवस्थाबाट असलंकाले भानुका राजपक्षेले विकेट दिएनन्। जित्न ५ ओभरमा ४६ रन आवस्यक हुँदा राजपक्षेले मोहमम्म्द सैफुद्दीनको एकै ओभरमा २ छक्का र २ चौका प्रहार गर्दै दबाब हटाए। राजपक्षे उन्नाईसौ ओभरमा नसुम एहमदबाट आउट भए जुन बेला श्रीलंका जित नजिक पुगीसकेको थियो। राजपक्षे र असलंकाले पाँचौ विकेटको लागि ८६ रनको साझेदारी गरे।

बंगलादेशको बलिंगमा नसुम एहमद ( २.५-०-२९-२ ) र शाकिब अल हसनले ( ३-०-१७-२ ) समान दुई विकेट तथा मोहम्मद सैफुद्दीनले एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ४ विकेट क्षेतीमा १७१ रन बनाएको थियो।

बंगलादेशको लागि ओपनर मोहम्मद नैमले सर्वाधिक ६२ रन बनाए जुन क्रममा ५२ बलमा ६ चौका प्रहार गरे। मुश्फिकुर रहिमले ३७ बलमा ५ चौका र २ छक्का मद्दतले अविजित ५७ रन बनाए। लिटन दासले १६, शाकिब अल हसन र महमुदुल्लाहले समान १० रन बनाए। नैम र रहिम बीच तेश्रो विकेटको लागि ७३ रनको महत्वपूर्ण साझेदारी भएको थियो। श्रीलंकाको बलिंगमा चमिका करुनारत्ने, बिनुका फर्नान्डो र लाहिरु कुमाराले समान एक विकेट लिए।





थप समाचार

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]