वोक्सले घातक बलिंग गर्दा श्रीलंकाको सामान्य योगफल

क्रिस वोक्सले घातक बलिंग गर्दा इंग्ल्यान्ड र श्रीलंका बीच जारी तिनवटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो एकदिवसीयमा श्रीलंका सामान्य योगफलमा समेटिन पुगेको छ।

चेस्टर ले स्ट्रिट स्थित रिभरसाइड मैदानमा जारी खेलमा टस हारेर ब्याटिंग गरेको श्रीलंकाले ४२.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो।

खराब सुरुवात गरेको श्रीलंकाले पहिलो ३ विकेट ४६ रनको योगफलमा गुमाउन पुग्यो। पथुम निसंका ५ रन, चरिथ असलंका खाता नखोली तथा दासुन शनाका १ रन बनाएर आउट भए। अर्को किनारमा विकेट गुमेता पनि कप्तान तथा ओपनर कुशल परेराले एक किनार सम्हाले।

चौथो विकेटको लागि परेराले वानिन्दु हसरंगासंग ९९ रनको साझेदारी गरे। २९ औं ओभरमा हसरंगालाई क्रिस वोक्सले क्याच आउट गराए जुन अघि उनले ६५ बलमा ६ चौका र १ छक्का मद्दतले ५४ रन बनाए। त्यसपछि धनन्जय लक्षन २ रन, रमेश मेन्डिस १ रन बनाएर आउट भए।


३३ औं ओभरमा कुशल परेरालाई डेभिड विलेले क्याच आउट गराए। परेराले ७३ रन बनाए जुन क्रममा ८१ बलमा ७ चौका प्रहार गरे। परेराले देशको लागि सयौं इनिंग्समा ब्याटिंग गर्ने क्रममा ३ हजार रन पुरा गरे। एकदिवसीय अन्तर्राष्ट्रियमा ३ हजार रन पुरा गर्ने परेरा १७ औं श्रीलंकन ब्याट्सम्यान हुन्।

परेराको विकेटपछि इंग्ल्यान्ड पूर्णतः खेलमा हावी भयो। चमिका करुणारत्ने अविजित १९ रन बनाउदै योगफल बढाउन योगदान दिए।

इंग्ल्यान्डको बलिंगमा दायाँ हाते पेसर क्रिस वोक्सले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभर बलिंग गर्दै ५ मेडन ओभर गरेका हुन् मात्र १८ रन खर्चिए। यस्तै देब्रे हाते पेसर डेभिड विलेले ३ विकेट ( १०-१-४४-३ ) लिंदा मोइन अलिले १ विकेट ( २-०-५-१ ) लिए।

यस अघि सम्पन्न टि-२० अन्तर्राष्ट्रिय सिरिजमा श्रीलंका ३-० ले पराजित भएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy