T20WC : बटलरको कीर्तिमानी शतक, इंग्ल्यान्डको लगातार चौंथो जित

जोस बटलेले कीर्तिमानी शतक प्रहार गर्दा टि-ट्वान्टी विश्वकपमा शानदार लय जारि राख्दै लगातार चौंथो जित दर्ता गर्ने क्रममा इंग्ल्यान्डले श्रीलंकालाई २६ रनले पराजित गरेको छ।

शारजाह क्रिकेट स्टेडियममा इंग्ल्यान्डले दिएको १६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनायो।श्रीलंकाको लागि वानिन्दु हसरंगाले सर्वाधिक ३४ रन, दासुन शनाका र भानुका राजापक्षले समान २६ रन तथा चरिथ असलंकाले २१ रन बनाए।इंग्ल्यान्ड बलर आदील रशिद ( ४-०-१९-२ ) , मोईन अलि ( ३-०-१५-२ ), क्रिस जोर्डन ( ४-०-२४-२ ) ले समान २ विकेट लिए भने लियाम लिभिंगस्टोन ( ४-०-३४-१ ) , क्रिस वोक्सले १ विकेट ( २.३-०-२५-१ ) लिए।

सुरुवात देखि लगातार विकेट गुमाएको श्रीलंकाले ७६ रनमा ५ विकेट गुमायो। कप्तान शनाका र हसरंगाले छैठौं विकेटको लागि ५३ रनको साझेदारी गरे। सत्रौं ओभरमा हसरंगालाई लिभिंगस्टोनले क्याच आउट पार्दै खेलमा फर्काए। लगत्तै ओभरमा शनाकालाई जोस बटलरले रन आउट पारे। त्यसपछि श्रीलंकाले लगातार विकेट गुमायो र १२९/५ को अवस्थाबाट थप ८ रन जोड्दा सम्पूर्ण विकेट गुमायो।

टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६३ रन  बनाएको थियो।

इंग्ल्यान्डको ब्याटिंगमा जोस बटलरले करियरकै पहिलो र जारि विश्वकपको एक मात्र शतक बनाउने क्रममा अविजित १०१ रन बनाए। ६७ बलमा बटलरले ६ चौका र ६ छक्का प्रहार गरे। यस्तै कप्तान ओएन मोर्गनले ३६ बलमा १ चौका र ३ छक्का मद्दतले ४० रन बनाए। इनिंग्सको अन्तिम बलमा छक्का प्रहार गर्दै उनले शतक पुरा गरे। टि-२० विश्वकप इतिहासमा शतक बनाउने बटलर दोश्रो इंग्ल्यान्ड क्रिकेटर हुन् भने टेस्ट, एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय तिन वटै फर्म्याटमा शतक बनाउने उनि पहिलो इंग्ल्यान्ड क्रिकेटर हुन्। यस अघि सन् २०१४ टि-२० विश्वकपमा एलेक्स हेल्सले श्रीलंका बिरुद्ध शतक ( ११६ रन ) बनाएका थिए। बटलरले अघिल्लो खेलमा अस्ट्रेलिया बिरुद्ध पनि ७१ रन बनाएका थिए।

खराब सुरुवात गरेको इंग्ल्यान्डले पावरप्लेको ६ ओभरमा ३६ रन बनाउदा ३ विकेट गुमाएको थियो। त्यसपछि ओपनर बटलर र कप्तान ओएन मोर्गनले मात्र ७८ बलमा ११२ रनको साझेदारी गरे। उन्नाईसौं ओभरमा मोर्गनलाई हसरंगाले बोल्ड गरे। अन्तिम ओभरमा ९५ रनको स्कोरमा बटलरको क्याच निसंकाले छुटाउन पुगे। इनिंग्सको अन्तिम ५ ओभरमा इंग्ल्यान्डले १ विकेट गुमाएर ५८ रन बनायो। श्रीलंकाका बलर वानिन्दु हसरंगाले तिन विकेट ( ३-०-२१-३३ ) लिए।

अंकतालिका : ४ खेलमा ४ वटै जितपछि समुह ‘१’ अंकतालिकामा इंग्ल्यान्ड शिर्ष स्थानमा रहँदै सेमीफाइनल सम्भावना बलियो बनाएको छ। अस्ट्रेलिया र दक्षिण अफ्रीका ३ खेलमा समान २ जित र १ हार बेहोर्दै ४ अंक सहित दोश्रो र तेश्रो स्थानमा छन्। श्रीलंकाको भने ४ खेलमा तेश्रो हारपछि सेमीफाइनल पुग्ने सम्भावना लगभग समाप्त भएको छ। इंग्ल्यान्डले आगामी खेल नोभेम्बर ६ तारिखमा दक्षिण अफ्रीकासंग तथा श्रीलंकाले नोभेम्बर ४ तारिखमा वेस्टइण्डिजसंग खेल्नेछ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]