२७ वर्ष पछि सिरिज जित्ने लक्ष्यमा श्रीलंका

काठमाडौं । घरेलु टोली श्रीलंका र भारतबीचको ३ खेलको ओडिआई सिरिजको तेस्रो तथा निर्णायक खेल आज (बुधबार) हुदैछ ।

खेल श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बाट सुरु हुनेछ ।

श्रीलंका तेस्रो खेल जित्दै २७ वर्षपछि भारतसँगको ओडिआई सिरिज जित्ने लक्ष्यमा छ ।

सन् १९९७ मा भारतविरुद्ध श्रीलंकाले चार खेलको ओडिआई सिरिजमा ३–० को जित निकालेको थियो । त्यसपछि भारतले श्रीलंकाविरुद्ध लगातार ११ ओडिआई सिरिज जितिसकेको छ ।

दुई टोलीबीचको पहिलो खेल बराबरीमा सकिदा दोस्रो खेल श्रीलंकाले जितेको थियो ।

भारत यो खेल जितेमा श्रीलंकाविरुद्ध १ सय खेल जित्नेछ । दुई देशबीच हालसम्म १ सय ७० खेल हुँदा भारतले ९९ खेल जितेको छ ।

श्रीलंकाको पक्षमा ५८ खेल गएको छ । २ खेल टाई हुँदा ११ खेल अनिर्णित भएका छन् ।





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]