भारतमाथि श्रीलंकाको जित

एजेन्सी । श्रीलंका भ्रमणमा रहेको भारतीय टोलीले घरेलु टोलीविरुद्ध दोस्रो ओडीआई खेलमा पराजित भएको छ ।

आईतबार भएको दोस्रो ओडिआई खेलमा घरेलु टोली ३२ रनले विजयी भयो । जितसँगै श्रीलंकाले ३ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ ।

श्रीलंकाले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको भारतले ४२.२ ओभरमा अल आउट हुदै २ सय ८ रन मात्र बनायो ।

भारतका लागि कप्तान तथा ओपनर रोहित शर्माले ४४ बलमा ५ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६४ रन बनाए । अक्षर पटेलले ४४ बलमा ४४, शुभमन गिलले ३५, वासिङ्टन सुन्दरले १५ रन जोडे ।

श्रीलंकाका लागि जेफरी भ्यान्डरसेले १० ओभरमा ३३ रन खर्चिएर ६ विकेट लिए । कप्तान चरिथ असलंकाले ३ विकेट आफ्नो नाम गरे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४० रन बनाए ।

श्रीलंकाका लागि ओपनर आविष्का फर्नान्डो र कमिन्डो मेन्डिसले समान ४० रन जोडे । दुनिथ विलालागेले ३९, कुशल मेन्डिसले ३०, कप्तान चरिथ असलंकाले २५, अकिला धनन्जयले १५ रन जोडे ।

भारतका लागि वासिङ्टन सुन्दरले ३, कुलदिप यादवले २ तथा मोहम्मद सिराज र अक्षर पटेलले समान १ विकेट लिए ।

दुईबीचको पहिलो ओडीआई खेल रोमान्चक बराबरीमा सकिएको थियो । भारत र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम ओडिआई खेल बुधबार रहेको छ ।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]