खराब सुरुवातका बाबजुद श्रीलंका बलियो

श्रीलंकाको दक्षिण अफ्रीका भ्रमण अन्तर्गत दुई वटा टेस्टको सिरिज सेन्चुरियनमा सुरु भएको छ।

सुपरसपोर्ट पार्कमा टस जितेर ब्याटिंग रोजेको भ्रमण टोलिले पहिलो दिन समाप्तिमा ८५ ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाएर ३४० रन बनाएको छ।

सुरुवात खराब रहेता पनि दिनेश चण्डीमाल र धनन्जय डी सिल्भाले उत्कृस्ट साझेदारी गर्दै टिमलाई पार लगाएका थिए।

ओपनर डिमुथ करुनारत्ने २२ रन, कुशल मेन्डीस १२ रन तथा कुशल परेरा १६ रन बनाएर आउट हुँदा श्रीलंका ५४/३ को नाजुक अवस्थामा थियो। त्यसपछि चण्डीमाल र डी सिल्भाले चौथो विकेटको लागि शतकीय साझेदारी गरे।

Dinesh Chandimal reaches his half-century!

He’s helped Sri Lanka past the 200-mark #SAvSL SCORECARD https://t.co/5jzy9lhScF pic.twitter.com/5O2lqNkz02

— ICC (@ICC) December 26, 2020

४६ औं ओभरमा डी सिल्भा ढाडको दुखाईका कारण रिटायर्ड आउट हुन पुगे। त्यस अघि डी सिल्भले १०६ बलमा ११ चौका र १ छक्का मद्दतले ७९ रन बनाएका थिए। त्यसपछि चण्डीमाललाई निरोशन डिकवेलाले राम्रो साथ दिए दुवैले थप ९९ रन जोडे।

१६१ बलमा ११ चौका मद्दतले ८५ रन बनाएका चण्डीमाललाई वियान मुल्डरले फाफ डु प्लेसीबाट क्याच आउट गराउदै साझेदारी तोडे। अन्तिम सेसनमा ४९ रन बनाएका डिकवेलालाई मुल्डरले एलबिडब्लु आउट गरे। त्यसपछि १८ रन बनाएर वानिन्दु हसरंगालाई लुठो सिपाम्लाले बोल्ड गर्दै पेभेलियन फर्काए।

दिनको समाप्ति हुँदा क्रिजमा दासुन शनाका २५ तथा कासुन रजिथा ७ रन बनाएर अविजित रहेका छन्।

दक्षिण अफ्रीकाको लागि मात्र दोश्रो टेस्ट खेलीरहेका वियान मुल्डरले सर्वाधिक ३ विकेट ( १८-३-६८-३ ) लिएका छन्। यस्तै लुंगी एनगीदी ( १६-२-५४-१ ) , लुथो सिपाम्ला ( १४-१-६८-१ ) र एनरिक् नोर्किया ( १८-३-६०-१ ) ले समान १ विकेट लिएका छन्।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]