टि-२० विश्वकप : श्रीलंकाको उत्कृस्ट पुनरागमन, मैयेप्पाको ह्याट्रिक बाबजुद युएई सहजै पराजित

पहिलो खेलमा नामिबियासंग पराजित भएपछि दोश्रो खेलमा युएईलाई ७९ रनले सहजै पराजित गदै श्रीलंकाले अस्ट्रेलियामा जारि टि-ट्वान्टी विश्वकपमा पहिलो जित दर्ता गरेको छ। यस अघि नेदरल्याण्डसंग पराजित युएईको भने दोश्रो चरण पुग्ने सम्भावना कमजोर बनेको छ।

भिक्टोरियाको साईमन्डस स्टेडियममा १५३ रनको लक्ष्य पछ्याएको युएईले १७.१ ओभरमा ७३ रन मात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रम मा ३० रनमा ५ विकेट गुमाएपछि लगातार श्रीलंका खेलमा हावी रह्यो। आयन खानले १९, जुनैद सिद्दिकीले १८ तथा चिराग सुरीले १४ रन योगदान दिए।

श्रीलंकाको बलिंगमा वानिन्दु हसरंगा र दुश्मन्था चमिराले ३/३ विकेट लिए। हसरंगाले ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र ८ रन खर्चिए भने चमिराले ३.५ ओभरमा १५ रन खर्चिए। महेश तिक्षनाले २ तथा प्रमोद मधुशन र दासुन शनाकाले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनायो।

श्रीलंकन ओपनर पथुम निसंकाले सर्वाधिक ७४ रन बनाए जुन क्रममा ६० बलमा ६ चौका र २ छक्का प्रहार गरे। धनन्जय डी सिल्भाले ३३ तथा कुसल मेन्डिसले १८ रन बनाए। निसंका अन्तिम ओभरमा जहुर खानबाट आउट भए।


युएई बलर कार्तिक मैयेप्पाले ह्याट्रिक सहित ३ विकेट लिए। उनले पन्ध्रौँ ओभरमा भानुका राजापक्षलाई क्याच आउट, छरित असलंकालाई विकेटपछि क्याचआउट तथा दासुन शनाकालाई बोल्ड गर्दै युएईको टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै पहिलो ह्याट्रिक पुरा गरे। जहुर खानले २ विकेट तथा आयन खान र आर्यन लक्राले १/१ विकेट लिए।

श्रीलंकाले पहिलो चरणको अन्तिम खेलमा बिहिबार नेदरल्याण्डको सामना गर्नेछ। नेदरल्याण्डले खेलेको दुवै खेलमा जित दर्ता गरेको छ।

आज सम्पन्न समुह ‘ए’ अन्तर्गतको अर्को खेलमा नेदरल्याण्डले नामिबियालाई ५ विकेटले पराजित गरेको थियो।

अंकतालिका 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]