२३ रनले चुक्यो वेस्टइन्डिज, पुरनको शतकले दिलाएन जित

एकदिवसीय विश्वकप अन्तर्गत ३९ औं खेलमा श्रीलंकाले वेस्टइन्डिजलाई २३ रनले पराजित गर्दै तेश्रो जित दर्ता गरेको छ। वेस्टइन्डिजले भने छैठौं खेलमा हार बेहोर्यो।

श्रीलंका र वेस्टइन्डिज विश्वकप सेमीफाइनल दौडबाट बाहिरीसकेको छ र यो खेलले नतिजाले अन्य टिमको सेमीफाइनल यात्रामा पनि कुनै असर गर्नेछैन।

जितपछि श्रीलंका १ खेल खेल्न बाँकी रहदा बंगलादेशलाई उछिन्दै अंकतालिकाको छैठौं स्थानमा उक्लेको छ।

श्रीलंकाले दिएको ३३९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले पुरै ५० ओभर ब्याटिंग गरे पनि ९ विकेट गुमाएर ३१५ रन मात्रै बनाउन सक्यो।

पुरनको शतकले दिलाएन जित 

लक्ष्य पछयाउने क्रममा वेस्टइन्डिजको सुरुवात कमजोर रह्यो। ओपनर क्रिस गेल ३५, सुनिल एम्ब्रिस ५, शाई होप ५ , शिमरन हेटमायर २९ रन बनाएर आउट भए।

१८ औं ओभरमा ८४/४ को अवस्थाबाट पाँचौ नम्बरमा आएका निकोलस पुरनले एक किनार सम्हाल्दै वेस्टइन्डिजलाई जितको आशा दिलाए।

पुरनले पाँचौ विकेटको लागि कप्तान जेसन होल्डरसंग ६१ रनको तथा कार्लोस ब्राथवेटसंग ५३ रनको साझेदारी गरे। होल्डर २६ तथा ब्राथवेट ८ रन बनाएर आउट भएपछि ३५ औं ओभरमा १९९/६ पुगेको विन्डीजलाई पुरनले साथ छोडेनन्।

सातौँ विकेटको लागि आठौँ नम्बरमा ब्याटिंग गरेका फाबीयन एलेनसंग पुरनको ८३ रनको साझेदारी भयो जसले सुरुवातमा एकतर्फी जस्तो खेलमा वेस्टइन्डिजको जितको सम्भावना देखायो।

करियरकै पहिलो अर्धशतक बनाएर एलेन ४५ औं ओभरमा रन आउट भए जसले श्रीलंकालाई खेलमा फर्कायो। एलेनले ३२ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

त्यसपछि पुरनले शतक पुरा गरे र शेल्डन कटरेलसंग साझेदारी गर्दै टिमलाई जिततर्फ अघि बढाए। पुरनको अन्तर्राष्ट्रिय करियरको यो पहिलो शतक हो।

अन्तिम ३ ओभरमा वेस्ट इन्डिजलाई जित्न ३१ रन आवस्यक हुँदा जित अघि देखिरहेको वेस्टइन्डिजलाई ४८ औं ओभरको पहिलो बलमा भने झट्का लाग्यो।

विश्वकपमा पहिलो ओभर बलिंग गरेका एन्जेलो म्याथुजले ओभरको पहिलो बलमै पुरनको विकेट लिए। अफस्टम्प बाहिर ठुलो सट खेल्ने क्रममा उनि विकेटकिपरबाट समातिन पुगे। ११८ रन बनाउने क्रममा उनले १०३ बलमा ११ चौका र ४ छक्का प्रहार गरे।

पुरनको विकेटपछि श्रीलंका खेलमा हावी भयो। वेस्टइन्डिजले पुरै ओभर ब्याटिंग गरे पनि ९ विकेट गुमाएर ३१५ रन मात्रै बनाउन सक्यो।

श्रीलंकाको बलिंगमा लासिथ मालिंगाले सर्वाधिक ३ विकेट ( १०-०-५५-३ ) लिए भने कासुन रजीथा ( १०-०-७६-१ ) , जेफ्री भानडर्सी ( ७-०-५०-१ ) र एन्जेलो म्यथुज ( २-०-६-१ ) ले १/१ विकेट लिए।

अभिस्काको पहिलो शतक 

यस अघि टस हारेर ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर ३३८ रन बनाएको थियो।

श्रीलंकाको लागि अभिस्का फर्नान्डोले करियरकै पहिलो तथा प्रतियोगितामा श्रीलंकाको लागि पहिलो शतक बनाउने क्रममा सर्वाधिक १०४ रन बनाए। १०३ बलमा उनले ९ चौका र २ छक्का प्रहार गरे। कुशल परेरले ६४, लाहिरु थिरीमानेले ४५, कुशल मेन्डिसले ३९ रन बनाए।

पहिलो विकेटको लागि दिमुथ करुनारत्ने ( ३२ ) र कुशल परेराले ९३ रनको साझेदारी गर्दै श्रीलंकालाई राम्रो सुरुवात दिलाएका थिए। तेश्रो विकेटको लागि फर्नान्डो र मेन्डिसले १८५ रनको साझेदारी गरे।

वेस्टइन्डिजको बलिंगमा कप्तान जेसन होल्डरले २ ( १०-०-५९-२ ) विकेट लिंदा शेल्डन कटरेल, ओशेन थोमस र फाबियन एलेनले १/१ विकेट लिए।

प्रतियोगितामा श्रीलंकाको यस अघिको नतिजा  

बिरुद्ध दक्षिण अफ्रीका – ९ विकेटले पराजित
बिरुद्ध इंग्ल्याण्ड – २० रनले विजयी
बिरुद्ध अस्ट्रेलिया – ८७ रनले विजयी
बिरुद्ध बंगलादेश – नतिजाविहिन ( वर्षा )
बिरुद्ध पाकिस्तान – नतिजाविहिन ( वर्षा )
बिरुद्ध अफगानिस्तान – ३४ रनले विजयी ( डीएल मेथड )
बिरुद्ध न्युजिल्याण्ड – १० विकेटले पराजित

वेस्टइन्डिजको यस अघिको नतिजा 

बिरुद्ध भारत – १२५ रनले पराजित
बिरुद्ध न्युजिल्याण्ड – ५ रनले पराजित
बिरुद्ध बंगलादेश – ७ विकेटले पराजित
बिरुद्ध इंग्ल्याण्ड – ८ विकेटले पराजित
बिरुद्ध दक्षिण अफ्रीका – नतिजाविहिन
बिरुद्ध अस्ट्रेलिया – १५ रनले पराजित
बिरुद्ध पाकिस्तान – ७ विकेटले विजयी





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]