रोमान्चक खेलमा वेस्ट इन्डिज पराजित, श्रीलंकालाई प्लेटतर्फको उपाधि

  • विकेटनेपाल, माघ १५ – सोमबार

न्युजिल्याण्डमा जारि यु-१९ विश्वकप अन्तर्गत भएको प्लेट च्याम्पियनशिपतर्फको फाइनल खेलमा वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले उपाधी जितेको छ ।

आइतबार लिंकोल्नमा भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिंग गरेको डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजले ५० ओभरमा ५ विकेट गुमाएर २५४ रनको योगफल तयार पारेको थियो ।

उसका लागि जारि प्रतियोगिताको व्यक्तिगत दोश्रो शतक प्रहार गर्नेक्रममा अलिक अथनाज़ेले अविजित ११० रनको पारि खेले । ११० बलको सामना गर्दा ५ चौका र २  छक्का प्रहार गरे। उनले १५२/५ को स्थितिबाट छैठौ विकेटको लागि ब्राड बर्नेससँग मिलेर अविजित १०२ रनको साझेदारी गरेका थिए । ब्राड बर्नेसले अविजित ३७ रन (३६ बल, ३ चौका) को पारि खेले ।

श्रीलंकाका लागि प्रवीण जयविक्रमा तथा निपुण मालिंगाले समान २/२ विकेट लिए ।

 

श्रीलंकाको कठिन जित 

२५५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले मात्र २ बल बाकीं छदा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

श्रीलंकाले पहिलो विकेटको लागि २१८ रनको साझेदारी गरेको थियो । उसका ओपनरद्वय धनन्जय लक्षणले ९८ रन (११९ बल, १२ चौका, १ छक्का) तथा म्यान अफ द म्याच समेत घोषित हसिथा बोयागोडाले ११६ रन (१२४ बल, १७ चौका, १ छक्का) को पारि खेलेका थिए ।

तर वेस्ट इन्डिजका जरीओन होय्टेले दुवै ओपनरलाई आउट गरेपछि, २ जना ब्याट्सम्यान रन आउटको सिकार भए। भास्कर याद्रमले २ विकेट तथा ब्राड बर्नेसले १ विकेट हात पारेपछि श्रीलंकाले ३१ रन जोड्दा ७ विकेट गुमाउन पुगेको थियो। २१८/१ को अवस्थाबाट २४९/७ को स्थितिमा पुगेको लंकालाई हरेन बुद्दीला( ५ रन ) र थिसारू राष्मिकाले ( ४ रन ) जितसम्म पुर्याएका थिए।

 





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]