नेपालले दियो ११३ रनको लक्ष्य

२०८१ श्रावण १, मंगलवार १२:५१

काठमाडौं । एसीसी महिला एसिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा १ सय १३ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय १२ रन बनाएको हो ।

नेपालका लागि रुबिना क्षेत्रीले २६ बलमा ३७ तथा बिन्दु रावलले ३१ बलमा २० रन बनाईन् ।

नेपालले पहिलो दुई अभ्यास खेलमा हार व्यहोरेको थियो । पहिलो दुई अभ्यास खेल पनि यही श्रीलंका डेभलपमेन्ट टोलीसँग खेलेको थियो ।

१९ जुलाईमा युएईविरुद्ध खेल्दै नेपालले एसिया कप सुरुआत गर्नेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy