स्लो ओभर रेटका कारण रोहितलाई १२ लाख भारु जरिवाना

आईपीएल टिम मुम्बई इन्डीयन्सका कप्तान रोहित शर्मालाई दिल्ली क्यापिटल्ससंग मंगलबार राति सम्पन्न खेलमा ‘स्लो ओभर रेट’ कायम गरेकाका कारण १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ। जारि सिजन रहितले पहिलो पटक यस्तो सजाय भोगेका हुन्।

चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी पछि यस्तो कारवाही भोग्ने रोहित जारि सिजन दोश्रो कप्तान भएका छन्।

आईपीएलको गाइडलाइनका अनुसार पहिलो पटक ‘स्लो ओभर रेट’ मा कारवाहीमा परे १२ लाख भारु जरिवाना तिर्नुपर्छ भने दोश्रो पटक भए दोब्बर २४ लाख भारु तिर्नुपर्ने हुन्छ। यस्तै कप्तान बाहेक टिमको अन्तिम-११ मा भएका अन्य सदस्यहरुले समेत म्याच फिको २५ प्रतिशत जरिवाना तिर्नु पर्नेहुन्छ। तेश्रो पटकको गल्तिमा कप्तान एउटा खेलको लागि प्रतिबन्धमा पर्छ भने ३० लाख भारु जरिवाना तिर्नु पर्छ।

आईपीएलको कोड अफ काण्डक्टका अनुसार कप्तानले अन्य तरिकाले बाधा नआएको खेलमा कम्तिमा १ घण्टामा १४.१ ओभर बलिंग गरिसकेको हुनुपर्छ जसमा टाईम आउटको समय जोडीदैन। टिमले ९० मिनेटमा २० ओभरको कोटा समाप्त गर्नुपर्ने हुन्छ। गत सिजन खेलहरु निर्धारित समय भन्दा ढिला सकिएकोले आईपीएल आयोजकले ओभर रेटको कडा नियम लागु गरेको हो।

मंगलार राति सम्पन्न खेलमा दिल्लीले डिफेन्डिङ च्याम्पियन मुम्बईलाई ६ विकेटले पराजित गर्ने क्रममा मुम्बईले दिएको १३८ रनको लक्ष्य ५ बल बाँकी रहँदै पुरा गरेको थियो। २०१९ पछि मुम्बई बिरुद्ध दिल्लीको यो पहिलो जित हो।

लिग अन्तर्गत बुधबार दुईवटा खेल हुँदैछन्। दिउसो ३ :४५ बजे पन्जाब किंग्स र सनराइजर्स हैदरावाद तथा बेलुका ७:४५ बजे कोलकाता नाइट राइडर्स र चेन्नाई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन्।

यो पनि पढ्नुस 

https://wicketnepal.com/ipl-14-m13th-rep-wn21/

https://wicketnepal.com/nep-netherlands-6-rec-wn21/

 





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]