भारत र श्रीलंकाबीचको खेलमा रोमान्चक बराबरी

एजेन्सी – श्रीलंका र भारतबीचको ३ खेलको ओडिआई सिरिजको पहिलो खेल बराबरीमा सकिएको छ ।

शुक्रबार श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलंका र भारतले बराबरी खेलेका हुन् ।

श्रीलंकाले दिएको २ सय ३१ रनको लक्ष्य भारतले ४७.५ ओभरमा अल आउट हुदै २ सय ३० रन मात्र बनायो । भारतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ५८ रन बनाए । शर्माले ४७ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अक्षर पटेलले ५७ बलमा ३३, केएल राहुलले ४३ बलमा ३१, शिभम दुवेले २४ बलमा २५ रन बनाए ।

भारतलाई जितका लागि १४ बलमा मात्र १ रन आवश्यक रहेको समयमा श्रीलंकाका कप्तान चरिथ असलंकाले लगातार दुई विकेट लिदै खेललाई बराबरी गराए ।

श्रीलंकाका लागि वानिन्दु हसरंगा र कप्तान चरिथ असलंकाले समान ३, दुनिथ विलालागेले २ तथा आसिथा फर्नान्डो, अकिला धनन्जयले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।

श्रीलंकाका लागि पथुम निशंका र दुनिथ विलालागेले अर्धशतकीय ईनिङ खेले । विलालागेले ६५ बलमा ७ चौका र २ छक्काको सहयोगमा नटआउट सर्वाधिक ६७ रन बनाए ।

निशंकाले ७५ बलमा ९ चौकाको सहयोगमा ५६ बनाए । वानिन्दु हसरंगाले ३५ बलमा २४, जानिथा लियानयेजले २०, अखिला धनन्जयले १७ रन जोडे ।

भारतका लागि अक्षर पटेल र अर्शदिप सिंहले समान २ तथा मोहम्मद सिराज, शिभम दुवे, कुलदिप यादव, वासिङ्टन सुन्दरले समान १ विकेट लिए ।

दोस्रो ओडिआई आईतबार रहेको छ । सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम खेल बुधबार रहेको छ ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]