भारत र श्रीलंकाबीचको खेलमा रोमान्चक बराबरी

२०८१ श्रावण १८, शुक्रबार २२:२६

एजेन्सी – श्रीलंका र भारतबीचको ३ खेलको ओडिआई सिरिजको पहिलो खेल बराबरीमा सकिएको छ ।

शुक्रबार श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलंका र भारतले बराबरी खेलेका हुन् ।

श्रीलंकाले दिएको २ सय ३१ रनको लक्ष्य भारतले ४७.५ ओभरमा अल आउट हुदै २ सय ३० रन मात्र बनायो । भारतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ५८ रन बनाए । शर्माले ४७ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अक्षर पटेलले ५७ बलमा ३३, केएल राहुलले ४३ बलमा ३१, शिभम दुवेले २४ बलमा २५ रन बनाए ।

भारतलाई जितका लागि १४ बलमा मात्र १ रन आवश्यक रहेको समयमा श्रीलंकाका कप्तान चरिथ असलंकाले लगातार दुई विकेट लिदै खेललाई बराबरी गराए ।

श्रीलंकाका लागि वानिन्दु हसरंगा र कप्तान चरिथ असलंकाले समान ३, दुनिथ विलालागेले २ तथा आसिथा फर्नान्डो, अकिला धनन्जयले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।

श्रीलंकाका लागि पथुम निशंका र दुनिथ विलालागेले अर्धशतकीय ईनिङ खेले । विलालागेले ६५ बलमा ७ चौका र २ छक्काको सहयोगमा नटआउट सर्वाधिक ६७ रन बनाए ।

निशंकाले ७५ बलमा ९ चौकाको सहयोगमा ५६ बनाए । वानिन्दु हसरंगाले ३५ बलमा २४, जानिथा लियानयेजले २०, अखिला धनन्जयले १७ रन जोडे ।

भारतका लागि अक्षर पटेल र अर्शदिप सिंहले समान २ तथा मोहम्मद सिराज, शिभम दुवे, कुलदिप यादव, वासिङ्टन सुन्दरले समान १ विकेट लिए ।

दोस्रो ओडिआई आईतबार रहेको छ । सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम खेल बुधबार रहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy