अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथले भारतको टि-ट्वान्टी विश्वकप टिम उत्कृस्ट रहेको बताएका छन्। अस्ट्रेलियाको दोश्रो वार्म अप खेलमा भारत बिरुद्ध ४८ बलमा ५७ रन बनाएका स्मिथले खेलको दौरान कुराकानी गर्ने क्रममा भारतीय टिम सन्तुलित रहेको र युएईको परिस्थितिमा अनुभवी रहेको बताए। अभ्यास खेलमा भारतले अस्ट्रेलियालाई ९ विकेटले पराजित गर्यो जुन क्रममा अस्ट्रेलियाले दिएको १५३ रनको लक्ष्य भारतले १७.१ ओभरमै भेटायो।
“उनीहरुको स्क्वाड उत्कृस्ट छ, सबै क्षेत्रमा समान छन् र टिममा साच्चिकै खेल जिताउन सक्ने खेलाडीहरु पनि छन्। उनीहरु १/२ महिना देखि आईपीएलका कारण यहाँ खेलीरहेका छन् जसले गर्दा उनीहरुलाई अझ सहज भएको छ।” स्मिथले थपे।
भर्खरै सम्पन्न आईपीएलक अनुभव स्मिथले बताए – “म बल राम्रोसंग हानिरहेको महसुस गरिरहेको छु। मैले धेरै आईपीएलको खेल त खेलिन तर मैले नेट्समा धेरै समय बिताएको छु र यहाँको परिस्थितिसंग घुलमिल भएको छु जुन राम्रो कुरा हो।”
“गत महिना भन्दा यहाँ गर्मि कम भएको छ जुन राम्रो राहतको पक्ष हो तर मलाई लाग्छ म मेरो खेलको हिसाबले राम्रो ठाउँमा छु। आशा गर्छु खेलाडीहरु पनि प्रतियोगिताको लागि उत्साहित छन्। प्रतियोगितामा आफ्नो उत्कृस्ट क्रिकेट खेल्नेनै उद्देश्य हो।” उनले बताए।
युएई र ओमानमा जारि सातौं संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत अस्ट्रेलिया सुपर-१२ चरणमा समुह ‘१’ मा रहेको छ जुन समुहमा दक्षिण अफ्रीका, वेस्टइन्डिज र इंग्ल्यान्ड सहित समुह चरणबाट पुग्ने दुई टोलि हुनेछन्। अस्ट्रेलियाले विश्वकपको सुरुवात दक्षिण अफ्रीकासंग अक्टोबर २३ तारिखमा खेल्दै गर्नेछ।