दोश्रो हार पछि स्मिथले औल्याए टिमको कमजोर पक्ष

आईपीएल टि-२० अन्तर्गत राजस्थान रोयल्सले शनिवार लगातार दोश्रो हार बेहोर्ने क्रममा बैंगलोरसंग ८ विकेटले पराजित हुन पुग्यो। पहिलो २ खेलमा चेन्नाई र पन्जाबलाई पराजित गरेपछि स्मिथ कप्तानीको टिम अघिल्लो खेलमा कोलकातासंग ३७ रनले पराजित भएको थियो।

दोश्रो हारपछि स्मिथले ४७ रन बनाएका महिपाल लोमरोरको तारिफ गर्दै “परिपक्व इनिंग” बताउदै आफ्नो टप अर्डरले प्रदर्शन गर्नुपर्ने बताएका छन्।

खेलमा टस जितेर ब्याटिंग रोजेपछि राजस्थानले आक्रामक सुरुवात गर्यो। तर स्मिथ तेश्रो ओभरमा इसुरु उडानाबाट भित्रि किनारा लाग्दै बोल्ड भए। तिन बल पछि देभदत्त पडीक्कलले स्लिपमा उत्कृस्ट क्याच लिंदा बटलर पनि आउट भए। लयमा रहेका सन्जु स्यामसन लगत्तै ओभरमा आउट हुँदा टिम ३१/३ को अवस्थामा पुगेको थियो। स्मिथले टिमले बैंगलोरलाई पर्याप्त लक्ष्य दिन नसकेको स्वीकारे –

“हामीले अझ राम्रो गर्नु पर्थ्यो। विकेट राम्रो थियो जहाँ हामीले पर्याप्त रन बनाउन सकेनौं। हामीले साझेदारी राम्रो गर्न सकेनौं। जोफ्रा तथा लेग स्पिनरले राम्रो बलिंग गरे तर हामिसंग योगफल रक्षा गर्न बोर्डमा पर्याप्त रन थिएन” स्मिथले खेल पछि बताए।

“हाम्रो टप-३ ब्याट्सम्यानले आफ्नो काम अझ राम्रो गर्नुपर्छ। अन्तिम २ खेलमा त्यसैले ठूलो मुल्य चुकाउनु परेको छ। हामिसंग तलसम्म ब्याट्सम्यान छन् तर हाम्रो टप-३ ले लामो समय ब्याटिंग गर्नु पर्छ।”

सिजनमा पहिलो पटक मौका पाएका महिपाल लोमरोरले ४७ रन बनाएका थिए

खराब सुरुवातको बाबजुत अन्तिममा राहुल तेवतियाको आक्रामक इनिंग तथा लोमरोरले सम्हालिएर ब्याटिंग गर्दा राजस्थान १५४ बनाउन सफल भएको थियो।

“लोमरोरले दबाबमा राम्रो खेले जसले १५४ रनसम्म पुग्न सक्यौं। त्यति योगफलसम्म पुग्ने जस्तो देखिएको थिएन, उनले परिपक्व ब्याटिंग गरे।”

“हामीले केहि पक्षमा सुधार गर्नुपर्छ र फर्केर त्यसमा काम गर्नेछौँ। यहाँ निकै गर्मि छ, २ रन लिएपछि तपाईलाई अक्सिजन फिर्ता गर्न अलिक समय लाग्छ।” उनले थपे।

खेलमा बैंगलोर कप्तान कोहलीले अविजित ७२ तथा पडीक्कलले ६३ रन बनाउदा बैंगलोरले ५ बल बाँकी छदा १५५ रनको लक्ष्य पछ्याएको थियो।

जितपछि बैंगलोर कप्तान कोहलीले सुरुवाती खेल जित्नु निकै महत्वपूर्ण रहेको बताए – “लिग चाडै अघि बढ्ने गर्छ। पहिले पनि देखेका छौँ कि तपाईले सुरुवाती खेल हार्दा तपाईलाई एक्कासी थाहा हुन्छ कि ७-८ खेल भैसक्यो अंकनै छैन। तर राम्रो सुरुवात भएपछि अब त्यही लय कायम राख्नुपर्छ।”

३ विकेट लिंदै खेलको प्लेयर अफ द म्याच चुनिएका युजभेन्द्र चहलले ठूलो मैदानमा आफूले मजा लिएको बताए –

“मैदान ठूलो हुँदा मलाई मजा लाग्छ। यहाँ हामि बढी फ्लाइट दिन सक्छौं। म आफ्नो गति र लाइनमा परिवर्तन मात्र गरिरहेको थिए। तपाईले पहिलो बलमा विकेट पाउनु भयो भने आत्मविश्वास माथि हुने गर्छ। मलाई थाहा छ उनीहरुले म बिरुद्ध मौका लिने गर्दैनन् त्यसपछि मैले गतिमा विविधता दिए। सन्जुको विकेट विशेष थियो किनकि उनि राम्रो लयमा छन् , मैले आफैले क्याच लिन सके। यहाँ बाउन्ड्री ठूलो हुँदा स्पिनरलाई सहज छ , हामीले फ्लाइट गर्न सक्छौं। मलाई चिन्न्स्वामीमा खेल्न मन पर्छ जसलाई म याद गरिरहेको छु।”

राजस्थान बिरुद्ध ३ विकेट लिंदै चहलले पर्पल क्याप राखेका छन्

खेलमा तेश्रो अर्धशतक पुरा गर्दै ६३ रन बनाएका बैंगलोर ओपनर देभदत्त पडीक्कलले कोहलीसंग ब्याटिंग गर्नुको अनुभव बताए –

“यो अर्कै अनुभव हो। म सानो छदा देखि उनलाई हेर्दै आएको छु। त्यसैले उनिसंग ब्याटिंग गर्नु अपत्यारिलो महसुस हुन्छ जसको मैले मजा लिए।”

“वहाँ मलाई प्रोत्साहन गरिरहनुहुन्छ। म केहि थकित भएको थिए जुन बेला मलाई निकै हौसला दिनु भयो। मलाई बारम्बार अन्तिमसम्म ब्याटिंग गर्नु पर्छ भन्नुभयो। त्यसरीनै वहाँ ब्याटिंग गर्नुहुन्छ र मलाई पनि त्यही सन्देश दिनु भयो।”

“म बल अनुसार सट खेलीरहेको थिए। यहाँ निकै गर्मि छ त्यसमाथि पहिले फिल्डिंग गरेर ब्याटिंग गर्न आउदा निकै मुस्किल छ।” २० वर्षीय देब्रे हाते ब्याट्सम्यानले बताए।

बैंगलोरले अब आगामी खेल सोमबार दिल्ली बिरुद्ध खेल्नेछ। राजस्थानले मंगलबार मुम्बई बिरुद्ध खेल्नेछ।

तेश्रो अर्धशतक बनाउदै पडीक्कलको नयाँ कीर्तिमान, कोहलीले गरे तारिफ

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड ( दिल्ली-कोलकाता खेल पछि )

नोर्किया चम्किदा दिल्लीको तेश्रो जित, अंकतालिकाको शिर्षमा

दुर्घटनामा अफगानिस्तान ओपनर नजीबुल्लाह गम्भीर घाइते

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy