एसेज पहिलो दिन : स्मिथले जोगाए अस्ट्रेलियालाई, कोहली र तेन्दुलकरलाई पछि छाडे

बल टेम्परिंगको कारण १ वर्षे प्रतिबन्ध भोगे पछि टेस्ट क्रिकेटका पुनरागमन गरेका स्टिभ स्मिथले खेल जीवनकै उत्कृस्ट मध्येको इनिंग खेलेका छन्।

एसेज सिरिज र टेस्ट च्याम्पियनसिप अन्तर्गत एजब्यास्टन मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले निकै खराब सुरुवात गरेको थियो। कंगारुले १२२ रन बनाउदा पहिलो ८ विकेट गुमाउन पुग्यो।

चौथो नम्बरमा ब्याटिंग गर्न आएका स्मिथले त्यसपछि पिटर सिडलसंग नवौं र नाथन लायनसंग दशौँ विकेटको लागि उत्कृस्ट साझेदारी गर्दै सम्मानजनक योगफलसम्म अस्ट्रेलियालाई पुर्याए। सिडलसंग ८८ तथा लायनसंग ७४ रनको साझेदारी गरे।

अन्तिम विकेटको रुपमा आउट हुनु अघि स्मिथले २१९ बलमा १४४ रन प्रहार गरे। १६ चौका र २ छक्का प्रहार गरेका स्मिथको यो २४ औं टेस्ट शतक हो भने एसेजमा नवौं शतक।

स्मिथको इनिंग मदतले अस्ट्रेलियाले  १२२/८ बाट २८४ रनको योगफल तयार गर्यो। इंग्ल्यान्डले पहिलो इनिंगको सुरुवात गरिसकेको छ र २ ओभरमा १० रन बनाएको छ। रोरी बर्न ४ र जेसन रोय ६ रन बनाएर ब्याटिंग गरिरहेका छन्। इंग्ल्याण्ड २७४ रनले पछि रहेको छ।

इंग्ल्याण्डको बलिंगमा स्टुवार्ट ब्रोडले सर्वाधिक ५ विकेट ( २२.४-४-८६-५ ) , क्रिस वोक्सले ३ विकेट ( २१-२-५८-३ ) तथा बेन स्टोक्स र मोइन अलिले १/१ विकेट लिए। जेम्स एण्डरसन ( ४-३-१-० ) भने विकेट विहिन रहे। पिडुलामा समस्याका कारण उनले ४ ओभर मात्र बलिंग गर्न सके। यस पछि उनले बलिंग गर्न सक्ने या नसक्ने भने जानकारी आएको छैन।

५ विकेट लिए संगै ब्रोडले एसेजमा १०० विकेट पुरा गरेका छन्। उनि एसेजमा धेरै विकेट लिने इन्ग्लिश बलरको सुचीमा सातौँ स्थानमा रहेका छन्। पहिलो स्थानमा इयान बोथाम छन् जसले १२८ विकेट लिएका छन्।

स्मिथले तेन्दुलकर र कोहलीलाई पछि पारे 

स्मिथ २४ शतक पुरा गर्ने विश्वकै दोश्रो छिटो ब्याट्सम्यान बनेका छन्। स्मिथले ११८ इनिंगमा २४ शतक बनाएका हुन्। सर डन ब्र्याडम्यानले मात्र ६६ इनिंगमा उक्त शतक पुरा गरेका थिए। बिराट कोहली र सचिन तेन्दुलकरलाई भने स्मिथले पछि छाडेका छन्। कोहलीले १२३ र तेन्दुलकरले १२५ इनिंगमा २४ शतक पुरा गरेका थिए। टेस्टमा २४ टेस्ट शतक पुरा गर्ने सुचीमा स्मिथ संगै ग्रेग च्यापल, मोहम्मद युसुफ र भिभ रिचर्ड्स रहेका छन्। कोहलीको २५ शतक रहेको छ।

स्मिथले एसेज सिरिजमा नवौं शतक बनाएका छन्। उनि भन्दा बढी डन ब्र्याडम्यानले १९, ज्याक हब्सले १२ तथा स्टिभ वाले १० शतक बनाएका छन्। वाली हयामन्ड र डेभिड गोवरले पनि समान ९ शतक बनाएका छन्।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]