“हरेक विहानी क्रिसमस जस्तो महसुस भइरहेको छ” स्मिथ

१ वर्ष लामो प्रतिवन्ध भोगेपछि टेस्ट क्रिकेटमा कमब्याक गरेका स्मिथले उत्कृस्ट प्रदर्शन गरिरहेका छन्। एसेज सिरिज अन्तर्गत पहिलो टेस्टको पहिलो इनिंगमा खराब अवस्थाबाट अस्ट्रेलियालाई उकास्ने क्रममा १४४ रन तथा दोश्रो इनिंगमा १४२ रन प्रहार गरे पछि अस्ट्रेलियाको नियन्त्रणमा टेस्ट रहेको छ।

“यो निकै विशेस छ” स्मिथले बताए “मैले यस अघि कहिल्यै दुवै इनिंगमा शतक बनाएको थिईन। यो पहिलो पटक त्यो पनि महत्वपूर्ण एसेज टेस्टमा गर्नुले म धन्य छु। हामि अब निकै राम्रो अवस्थामा छौ र आशा गरौँ सोमबार मुर्त रुप दिनेछौँ।”

“मलाई टेस्ट क्रिकेट मन पर्छ र इंग्ल्याण्डसंग खेल्नु अझ मन पर्छ। अन्तिम ४ दिन मैले निकै मजा लिईरहेको छु। हरेक विहानी क्रिसमस जस्तो महसुस भइरहेको छ। ”

एजब्यासटनको दर्शकले स्मिथ लगायत वार्लानर र क्यामरन ब्यांक्रफ्टलाई “बु” ( नेपालीमा ‘छि’ जस्तै ) भनेर जिस्क्याएका थिए जसलाई सिथले तालिमा परिणत गर्न सफल भएका छन्।

“मेरो प्रसंशा भइरहेको छ जसमाथि हिड्दा राम्रो महसुस भइरहेको छ। म धन्य छु कि मैले त्यो गरिरहेको छु जुन पहिले गरेको थिए”

स्मिथले २५ टेस्ट शतक पुरा गरिसकेका छन् र सर डन ब्र्याडम्यानपछि छिटो २५ शतक बनाउने ब्याट्सम्यान समेत बनेका छन्। यस क्रममा उनले सचिन तेन्दुलकर , बिराट कोहली जस्ता ब्याट्सम्यानलाई पछि छाडेका छन्। टेस्ट क्रिकेटमा उनले ६२.९६ को औशतले ६५ खेलमा ६ हजार ४ सय ८५ रन बनाईसकेका छन्।

स्मिथलाई अस्ट्रेलियाको कप्तानी पुनः बन्ने सम्भावना बारे सोद्धा उनले यो बारे नसोचेको बताए “यति बेला यो कुरा मेरो सोच भन्दा बाहिरको कुरा हो”

“म अनुभवी छु र पेनलाई सहयोग गरिरहेको छु। यदी टिमको लागि राम्रो कुरा छ भने म सधै अघि बढ्न चाहन्छु” स्मिथले बताए।

जारि पहिलो टेस्टमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई जित्नको लागि ३९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। पाँचौ दिनको खेल बाँकी रहंदा इंग्ल्याण्डसंग १० विकेट बाँकी रहेको छ र अझै ३८५ रन बनाउनु पर्नेछ।

जारि टेस्टमा स्मिथको रेकर्ड 

टेस्टको पहिलो इनिंगमा पनि शतक ( १४४ ) रन बनाएका स्मिथले दोश्रो इनिंगमा पनि शतक बनाए। एसेजमा २ इनिंगमा २ वटा शतक बनाउने स्मिथ आठौँ ब्याट्सम्यान हुन्। सन् २००२ मा म्याथु हेडनले पछिल्लो पटक यो काम गरेका थिए।

यस्तै एसेजमा धेरै शतक बनाउने ब्याट्सम्यानको सुचीमा १० शतक सहित स्मिथ स्टिभ वासंगै ससंयुक्त रुपमा तेश्रो स्थनमा पुगेका छन्। एसेजमा डन ब्र्याडम्यानले १९ तथा ज्याक हब्सले १२ शतक बनाउदै पहिलो र दोश्रो स्थानमा रहेका छन्।

११९ इनिंगमै २५ टेस्ट शतक पुरा गर्दै स्मिथ विश्वकै दोश्रो छिटो २५ टेस्ट शतक पुरा गर्ने ब्याट्सम्यान बनेका छन्। सबैभन्दा छिटो डन ब्र्याडम्यानले ६८ इनिंगमा २५ शतक पुरा गरेका थिए। तेश्रो छिटो बिराट कोहलीले १२७ इनिंगमा , चौथो छिटो सचिन तेन्दुलकरले १३० इनिंगमा, पाँचौ छिटो सुनिल गावस्करले १३८ इनिंगमा २५ शतक बनाएका थिए।

 





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]