अभ्यासको क्रममा टाउकोमा बलले लागेपछि इंग्ल्यान्ड र अस्ट्रेलिया बीच जारि एकदिवसीय सिरिजको पहिलो खेलबाट स्टिभ स्मिथ बाहिरिएका छन्। म्यानचेस्टरमा जारि खेलमा इंग्ल्यान्डले टस जितेर फिल्डिंग रोजेपछि अस्ट्रेलियाले ब्याटिंग गरेको छ।
बिहिबार अभ्यासको दौरान एक प्रशिक्षकले नेटमा बल फाल्ने क्रममा एउटा बल स्मिथको टाउकोमा लागेको थियो। त्यस पछि स्मिथलाई परेको प्रभावको जांच भैरहेको छ। सिरिज अन्तर्गत दोश्रो र तेश्रो खेलमा स्मिथ खेल्न सक्ने या नसक्ने जानकारी गराइएको छैन। उनको अवस्था धेरै गम्भीर नभएको बताईएको छ।
इंग्ल्यान्ड र अस्ट्रेलिया गत वर्ष एकदिवसीय विश्वकप पछि पहिलो पटक वानडे क्रिकेटमा आमन-सामने भएका हुन्। यस अघि सम्पन्न ३ वटा टि-२० सिरिज इंग्ल्यान्डले २-१ ले जितेको थियो।
पहिलो एकदिवसीयको लागि अस्ट्रेलियाको अन्तिम ११ – Aaron Finch (captain), David Warner, Marcus Stoinis, Marnus Labuschagne, Mitch Marsh, Alex Carey, Glenn Maxwell, Patrick Cummins, Mitchell Starc, Adam Zampa, Josh Hazlewood.
पहिलो एकदिवसीयको लागि इंग्ल्यान्डको अन्तिम ११ – Jonny Bairstow, Jason Roy, Joe Root, Eoin Morgan (captain), Jos Buttler, Sam Billings, Moeen Ali, Chris Woakes, Adil Rashid, Jofra Archer, Mark Wood.
यो पनि पढ्नुस :-
IPL 2020 : कस्तो छ डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स टिम
दक्षिण अफ्रिकी क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप, आईसीसीद्वारा निलम्बनको सम्भावना
क्यानले वितरण गर्यो खेलाडीहरुको २०१९ को तलब, कसले कति रकम पाए