स्मिथ दोश्रो वानडे खेल्न तयार

२०७७ भाद्र २८, आईतवार ०८:४२

स्टार अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथ आइतबार इंग्ल्यान्ड बिरुद्ध दोश्रो वानडे खेल्न तयार भएका छन्। अभ्यासको क्रममा बलले टाउकोमा लागेपछि उनको कनकशन टेस्ट ( टाउकोमा बलले लागेपछि गरिने टेस्ट ) गरिएको थियो त्यसको रिपोर्ट राम्रो आएको छ। पहिलो वानडेको अघिल्लो दिन बिहिबार अभ्यासको दौरान एक प्रशिक्षकले नेटमा बल फाल्ने क्रममा बलले स्मिथको टाउकोमा लागेको थियो। त्यसपछि स्मिथ पहिलो वानडेबाट बाहिरिएका थिए। त्यसपछि स्मिथको २ वटा टेस्ट गरिएको थियो।

गत वर्ष पनि स्मिथलाई एशेज टेस्टको दौरान जोफ्रा आर्चरको बाउन्सरले लागेपछि एउटा टेस्टको दोश्रो पारि तथा त्यसपछिको एक टेस्ट गुमाउनु परेको थियो।


विश्व नम्बर-१ टेस्ट खेलाडी स्मिथको अनुपस्थितिमा पनि कंगारुले इंग्ल्यान्डलाई शुक्रबार पहिलो एकदिवसीयमा १९ रनले पराजित गरेको थियो। खेलमा अस्ट्रेलियाले दिएको २९५ रन लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर २७५ रन मात्र बनाउन सकेको थियो। जितमा प्लेयर अफ द म्याच चुनिएका जोश हेजलवुडले २६ रन खर्चेर ३ विकेट तथा एडम जाम्पाले ५५ रन खर्चेर ४ विकेट लिएका थिए। इंग्ल्यान्ड ब्याट्सम्यान स्याम बिलिंग्सले करियरकै पहिलो शतक बनाए पनि जित दिलाउन सकेका थिएनन्। अस्ट्रेलियाको ब्याटिंगमा ग्लेन म्याक्सवेलले ७७ तथा मिचेल मार्शले ७३ रन बनाएका थिए। इंग्ल्यान्ड बलर जोफ्रा आर्चर र मार्क वुडले ३/३ विकेट लिएका थिए।

सिरिज अन्तर्गत दोश्रो खेल सेप्टेम्बर १३ तारिख बेलुका ५:४५ बजे खेलिनेछ। तेश्रो खेल सेप्टेम्बर १६ मा खेलिनेछ। अस्ट्रेलियाको इंग्ल्यान्ड भ्रमण अन्तर्गत यस अघि सम्पन्न टि-२० सिरिजमा इंग्ल्यान्ड २-१ ले विजयी भएको थियो।

यो पनि पढ्नुस :-

IPL 2020 : कस्तो छ धोनीको टिम चेन्नाई सुपर किंग्स

विदेशी लिगमा सन्दिपको १० व्यक्तिगत कीर्तिमान

IPL : ८ कप्तान मध्ये कोहलीको कमाइ सबैभन्दा धेरै, कुन कप्तानको तलब कति

बिलिंग्सको शतक बाबजुद इंग्ल्यान्ड पराजित, अस्ट्रेलियालाई अग्रता

IPL :  ‘पोलार्ड र पान्ड्या जस्ता ब्याट्सम्यानले यो आईपीएलमा संघर्ष गर्नेछन्’ रमिज राजा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy