स्मिथले छोडे राजस्थान रोयल्सको कप्तानी, यी खेलाडी बन्नेछन् कप्तान

  • विकेटनेपाल – १२ चैत्र, सोमबार

बल टेम्परिंगका कारण लगातार आलोचनाको केन्द्र बन्दै गएका अष्ट्रेलियाका स्टिभ स्मिथले ठूलो निर्णय लिएका छन्। इण्डियन प्रिमियर लिग (आईपिएल) मा राजस्थान रोयल्सको कप्तानमा नियुक्त भएका स्मिथले सो पदमा आफु नरहने घोषणा गरेका छन्।

दक्षिण अफ्रिका बिरुद्दको तेस्रो टेस्टमा बल टेम्परिंगको प्रकरणमा मुछिएपछि स्मिथलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले खेलको भावना बिपरित कार्य गरेको भन्दै १ खेलबाट प्रतिबन्ध लगाउनका साथै उनको शतप्रतिशत म्याच फि काट्ने निर्णय लिएको थियो।

के भएको थियो बल टेम्परिंगको घटनामा ? – बिस्तृतमा पढ्नुहोस्

आईसीसीको निर्णय आउनु अघिनै जारि टेस्टबाटै कप्तान स्मिथ आफ्नो पदबाट राजीनामा दिईसकेका थिए। यस शनिवार दिउसो अष्ट्रेलिया सरकारले स्टिभ स्मिथलाई कप्तानको पदबाट हटाउन समेत आदेश दिएको थियो। अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोल्म टर्नबुलले कंगारु क्रिकेट टोलिका बर्तमान कप्तान स्टिभ स्मिथलाई कप्तानीबाट हटाउन आदेश दिएका थिए।

स्टिभ स्मिथले राजस्थान रोयल्सको कप्तानीबाट हट्ने निर्णय लिएसंगै राजस्थानले अजिंक्या रहाणेलाई नयाँ कप्तानमा नियुक्त गरेको छ। राजस्थानका क्रिकेट प्रमुख जुबिन भरुचाले जारीगरेको प्रेस विज्ञप्तिमा जनाइए अनुसार स्टिभ स्मिथले आफैं कप्तानबाट हट्ने निर्णय लिएका हुन्। भरुचाले भने, “दक्षिण अफ्रिकामा जुन घटना घट्यो त्यसले सारा क्रिकेट दुनियाँलाईनै असर गरेको छ। हामी बिसिसिआईसंग लगातार सम्पर्कमा छौं र बिसिसिआईको सल्लाह स्वरूप नै यो निर्णय लिएका हौँ।

Ajinkya Rahane

सन् २०११ मा राहणेलाई राजस्थान रोयल्सले अनुबन्धित गरेको थियो। त्यसयता उनि राजस्थानको महत्वपूर्ण खेलाडी रहँदै आएका छन्। सन् २०१६ र २०१७ को सिजनमा भने राजस्थान रोयल्स निलम्बित भएपछि राहणेले राइजिंग पुने सुपर्जाइन्टसको टोलीबाट खेलेका थिए। यसपटकको अक्सनमा उनलाई राजस्थानको टोलिले भारतीय रुपैयाँ ४ करोडमा राइट टु म्याच कार्डको प्रयोग गर्दै अनुबन्धित गरेको थियो।

के भएको थियो ?

दक्षिण अफ्रिका बिरुद्द जारी तेस्रो टेस्टको तेस्रो दिनमा अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान क्यामरुन ब्यान्क्रफ्ट बल टेम्परिंग गर्दै गर्दा क्यामरामा कैद भएका थिए। पहेंलो रंगको टेप प्रयोग गरेर बललाई क्षति पुर्याएको अवस्थामा ब्यान्क्रफ्ट क्यामरामा कैद भएका थिए। आफ्नो हर्कत स्क्रिनमा कैद भएपछि ब्यान्क्रफ्टले उक्त टेप गोजीभित्र बाट झिकेर ट्राउजरभित्र लुकाएका थिए। उक्त टेप ब्यान्क्रफ्टले हातमा उल्टो टाँसेका थिए। टेपको टाँसिने भाग उनि पिचमा दलेपछि खस्रो भएको टेपले बलको एउटा भागलाई रगड्थे।त्यसो गर्दा बलको एउटा भाग खश्रो भइ बलले रिभर्स स्विंग प्राप्त गर्न सक्थ्यो।

फोटोहरु : Sports.ndtv





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]