एसेज : रोमान्चक बन्दै पहिलो टेस्ट, इंग्ल्याण्डको लागि स्मिथ पुनः तगारो

एसेज सिरिज र आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गत पहिलो टेस्ट रोमान्चक मोडमा पुगेको छ।

एजब्यासटनमा जारि टेस्टको पहिलो इनिंगमा भ्रमण टोलि अस्ट्रेलियाले २८४ र बनाएपछि ब्याटिंग गरेको इंग्ल्याण्डले ३७४ रन बनाउदै ९० रनको पहिलो इनिंगको अग्रता लिएको थियो। त्यसपछि दोश्रो इनिंगमा ब्याटिंग गर्न उत्रेको अस्ट्रेलियाले ३ विकेट गुमाएर १२४ रन बनाउदै ३४ रनको अग्रता लिएको छ।

ओपनर क्यामरन ब्यानक्रफ्ट र डेभिड वार्नर क्रमशः ७ र ८ रन बनाएर आउट भएपछि उस्मान ख्वाजा र स्टिभ स्मिथले तेश्रो विकेटको लागि ४८ रनको साझेदारी गरे। खवाजा ४० रन बनाएर स्टोक्सबाट क्याच आउट हुन पुगे। त्यसपछि स्मिथले ट्राभिस हेडसंग अविजित ४९ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई अग्रता दिलाए।

तेश्रो दिनको खेल समाप्तिसम्म अस्ट्रेलियाले ३१ ओभरमा ३ विकेट गुमाएर १२४ रन बनाएको छ र ३४ रनको अग्रता लिएको छ। स्मिथ ६१ बलमा ३ चौका मदतले ४६ तथा हेड ३९ बलमा २ चौका मदतले २१ रन बनाएर क्रिजमा रहेका छन्। पहिलो इनिंगमा पनि स्मिथले अस्ट्रेलिया १२२/८ को खराब अवस्थामा रहंदा १४४ रन बनाएका थिए।

इंग्ल्याण्ड बलार स्टुवार्ट ब्रड ( ६-०-२६-१ ) , मोइन अलि ( ९-०-४७-१ ) र बेन स्टोक्स ( ७-२-१८-१ ) ले १/१ विकेट लिएका छन्। ब्यानक्रफ्टलाई अलिले, वार्नरलाई ब्रडले तथा ख्वाजालाई स्टोक्सले आउट गरे।

इंग्ल्याण्डको इनिंग 

अस्ट्रेलिया पहिलो इनिंगमा २८४ रनमा समेटिन पुगेपछि पहिलो दिननै इनिंग सुरुवात गरेको इंग्ल्याण्डले तेश्रो दिन चिया सत्र अघि ३७४ रनमा सबै विकेट गुमाएको हो। दोश्रो दिनको समाप्तिमा २६७/४ को स्थितिमा रहेको अस्ट्रेलियाले थप १०७ रन जोड्दा बाँकी ६ विकेट गुमाउन पुग्यो।

इंग्ल्याण्डको लागि ओपनर रोरी बर्नसले करियरकै पहिलो शतक बनाउने क्रममा सर्वाधिक १३३ रन बनाएका थिए।

३०० रनमा ८ विकेट गुमाएको अवस्थामा स्टुवार्ट ब्रोड र क्रिस वोक्सले नवौं विकेटको लागि ६५ रनको साझेदारी गर्दै अग्रता बढाएका थिए। २९ रन बनाएका ब्रोडलाई प्याट कमिन्सले क्याच आउट गराउदै साझेदारी तोडेका थिए। वोक्स ३७ रनमा अविजित रहे। त्यस अघि इंग्ल्याण्ड कप्तान जो रुटले ५७ तथा बेन स्टोक्सले ५० रन बनाएका थिए।

अस्ट्रेलियाको बलिंगमा नाथन लायन ( ४३.५-८-११२-३ ) , प्याट कमिन्स ( ३३-९-८४-३ ) ले ३/३ तथा जेम्स प्याटीन्सन ( २७-३-८२-२ ) र पिटर सिडल ( २७-८-५२-२ ) ले २/२ विकेट लिए।

अस्ट्रेलियाको ब्याटिंग 

यस अघि पहिले इनिंगमा ब्याटिंग गरेको अस्ट्रेलियाले २८४ रनमा सबै विकेट गुमाएको थियो। १२२/८ को नाजुक अवस्थाबाट अस्ट्रेलियालाई स्टिभ स्मिथले शतक बनाउदै उकासेका थिए। स्मिथले १४४ रन बनाएका थिए जुन क्रममा २१९ बलमा १६ चौका र २ छक्का प्रहार गरेका थिए। पिटर सिडालले ४४ र ट्रेभिस हेडले ३५ रन बनाएका थिए। इंग्ल्याण्ड बलर स्टुवार्ट ब्रोडले ५ ( २४.४-४-८६-५ ) तथा क्रिस वोक्सले ( २१-२-५८-३ )  ३ विकेट लिएका थिए।

तेश्रो दिनको समाप्तिमा टेस्ट समरी 

अस्ट्रेलिया पहिलो इनिंग : २८४ (  स्टिभ स्मिथ १४४, स्टुवार्ट ब्रोड ५/८६ ) इंग्ल्याण्ड पहिलो इनिंग : ३७४ ( रोरी बर्नस १३३ , कमिन्स ३/८४ , लायन ३/११२ ) अस्ट्रेलियाको दोश्रो इनिंग : १२४/३ ( स्टिभ स्मिथ ४६* , उस्मान ख्वाजा ४० , स्टोक्स १/१८ )





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]