टेस्ट वरियतामा स्मिथको बढोत्तरी , घट्दै कोहली र विलियमसनसंगको दुरी

२०७६ श्रावण २१, मंगलवार १८:१८

एसेज सिरिज अन्तर्गत एजब्यास्टनमा सम्पन्न पहिलो टेस्टको दुवै इनिंगमा शतक बनाएका स्टिभ स्मिथले आईसीसी टेस्ट वरियतामा तेश्रो स्थानमा उक्लेका छन्। उनले पहिलो इनिंगमा १४४ र दोश्रोमा १४२ रन खेल्दै अस्ट्रेलियाको जितमा उत्कृस्ट योगदान दिएका थिए।

स्मिथको रेटिंग अंक ९०३ रहेको छ। वरियताको पहिलो स्थानमा रहेका कोहलीको ९२२ तथा दोश्रो स्थान मा रहेका केन विलियमसनको ९१३ अंक रहेको छ। चेतेश्वर पुजारालाई चौथो स्थानमा धकेल्दै स्मिथ तेश्रो स्थानमा उक्लेका हुन्। पुजाराको ८५७ अंक रहेको छ।

इंग्ल्यान्ड बिरुद्ध पहिलो टेस्टमा कुल ९ विकेट लिएका नाथन लायनले पनि ६ अंक उक्लदै बलिंग वरियतामा १३ औं स्थानमा पुगेका छन्। यस्तै ७ विकेट लिएका कमिन्स वरियताको शिर्ष स्थानमा अहिलेसम्मकै व्यक्तिगत उत्कृस्ट ८९८ अंकसहित रहेका छन्। बलिंग वरियतामा कमिन्स पहिलो, कागीसो रबाडा दोश्रो, जेम्स एण्डरसन तेश्रो, भर्नन् फिलान्डर चौथो स्थानमा रहेका छन्।

टिम वरियतामा टेस्टतर्फ भारत पहिलो स्थानमा रहेको छ भने न्युजिल्याण्ड, दक्षिण अफ्रीका, इंग्ल्याण्ड, अस्ट्रेलिया क्रमश दोश्रो देखि पाँचौ स्थानमा रहेको छ। श्रीलंका, पाकिस्तान, वेस्टइन्डिज, बंगलादेश र जिम्बाबे क्रमश छैठौं देखि दशौँ स्थानसम्म रहेको छ।

एकदिवसीय वरियतामा विश्वकप विजेता इंग्ल्याण्ड पहिलो, भारत दोश्रो, न्युजिल्याण्ड, अस्ट्रेलिया, दक्षिणअफ्रीका र पाकिस्तान तेश्रो देखि छैठौं स्थानमा रहेको छ। टि-२० वरियतामा पाकिस्तान पहिलो स्थानमा रहेको छ। इंग्ल्याण्ड, दक्षिण अफ्रीका, अस्ट्रेलिया, भारत, न्युजिल्याण्ड क्रमश दोश्रो देखि छैठौं स्थानमा रहेको छ।

बलिंग वरियता ( टेस्ट ) 

टिम वरियता ( टेस्ट ) 

 टिम वरियता ( एकदिवसीय ) 

 

ब्याटिंग वरियता ( एकदिवसीय ) 

बलिंग वरियता ( एकदिवसीय ) 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy