स्मिथ र वार्नर अष्ट्रेलियन टिमसँगै दुबईमा, भन्छन् “कहिले टिम छोडेको जस्तो लागेन”

  • विकेटनेपाल, चैत्र ३ – आइतबार

अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ र पुर्व उप-कप्तान डेविड वार्नर यतिबेला अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमसँगै दुबई भ्रमणमा रहेका छन्। दुबई भ्रमणमा रहँदा टिमले विश्वकप को तयारि स्वरूप ५ एकदिवसीय खेल खेल्ने तालिका रहेको छ।

तर गत साल दक्षिण अफ्रिका भ्रमण अन्तर्गत केप टाउनमा भएको टेस्ट खेलमा बल टेम्परिङ काण्डमा परेपछि घरेलु क्रिकेट बोर्ड क्रिकेट अष्ट्रेलियाले दुवै खेलाडीहरुलाई १२ महिनाको प्रतिबन्ध  लगाएको थियो। प्रतिबन्ध सकिनु केहि दिन अघि उनीहरु विश्वकपको तयारिकै लागि दुबई पुगेका हुन्। दुवै खेलाडीको प्रतिबन्ध मार्च २८ तारिखमा सकिँदैछ।

उनिहरु टिमका प्रशिक्षक जस्टिन लाङगरको बिशेष निमन्त्रणामा भारतमा मार्च २३ तारिखदेखि सुरु हुन लागेको आइपिएल अघि दुबई भ्रमणमा रहेका हुन्। उनीहरु टिमको हिस्सा नभएपनि विश्वकप अघि सम्पूर्ण खेलाडीहरु बिचको सहकार्य बढाउन प्रशिक्षकले निमन्त्रणा गरेको क्रिकेट डट कम डट एयुले जनाएको छ।

दुबईमा रहेका वार्नरले आफुहरुले टिमसँग भेट्न पाउँदा पाएको सम्मान निकैनै सह्रानीय भएको बताए। “टिमसँग भेट्न पाउँदा कुनैपनि समय टिम बाहिर नरहेको अनुभव भैरहेको छ। सबै खेलाडीले हाम्रो आगमनलाई सहर्स स्वीकारेका छन्। ”

स्मिथले पनि अहिलेको अवस्थामा टिम सहि बाटोमा हिँडेको बताएका छन्। “टिममा राम्रो वातावरण बनेको छ। भर्खरै भारतलाई उसकै घरेलु मैदानमा हराएर इतिहास समेत बनाएको छ। ” उनले पाकिस्तानसंगको सिरिजको लागि समेत शुभकामना दिए। “भारतलाई हराएर उत्साहित बनेको टिमले पाकिस्तान विरुद्द खेलेको हेर्न उत्साहित छु। आशा छ सिरिज जित्नेछ। ”

स्टिभ स्मिथ

दुबै खेलाडीहरुलाई पाकिस्तान विरुद्दको एकदिवसीय सिरिजमा टिममा स्थान दिइएको छैन। उनीहरु भारतमा सुरु हुने आइपिएलको लागि त्यसतर्फ प्रस्थान गर्नेछन्। वार्नर कुहिनोको समस्याबाट फर्किसकेका छन् र सनराइजर्स हैदरावादको पहिलो खेलका लागि उपस्थित हुन सक्नेछन्। स्मिथ भने बंगलादेश प्रिमियर लिगमा कुहिनोमा नै समस्या आएपछि फर्किने समय अझै पक्का भैसकेको छैन तर भारत भने प्रस्थान गर्नेछन्।

अष्ट्रेलियाले दुबई भ्रमणमा रहँदा मार्च २२ देखि ३१ तारिख सम्म ५ एकदिवसीय खेल खेल्नेछ।

उक्त अन्तर्वार्ताको भिडियो:





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]