स्मिथ र वार्नर अष्ट्रेलियन टिमसँगै दुबईमा, भन्छन् “कहिले टिम छोडेको जस्तो लागेन”

  • विकेटनेपाल, चैत्र ३ – आइतबार

अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ र पुर्व उप-कप्तान डेविड वार्नर यतिबेला अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमसँगै दुबई भ्रमणमा रहेका छन्। दुबई भ्रमणमा रहँदा टिमले विश्वकप को तयारि स्वरूप ५ एकदिवसीय खेल खेल्ने तालिका रहेको छ।

तर गत साल दक्षिण अफ्रिका भ्रमण अन्तर्गत केप टाउनमा भएको टेस्ट खेलमा बल टेम्परिङ काण्डमा परेपछि घरेलु क्रिकेट बोर्ड क्रिकेट अष्ट्रेलियाले दुवै खेलाडीहरुलाई १२ महिनाको प्रतिबन्ध  लगाएको थियो। प्रतिबन्ध सकिनु केहि दिन अघि उनीहरु विश्वकपको तयारिकै लागि दुबई पुगेका हुन्। दुवै खेलाडीको प्रतिबन्ध मार्च २८ तारिखमा सकिँदैछ।

उनिहरु टिमका प्रशिक्षक जस्टिन लाङगरको बिशेष निमन्त्रणामा भारतमा मार्च २३ तारिखदेखि सुरु हुन लागेको आइपिएल अघि दुबई भ्रमणमा रहेका हुन्। उनीहरु टिमको हिस्सा नभएपनि विश्वकप अघि सम्पूर्ण खेलाडीहरु बिचको सहकार्य बढाउन प्रशिक्षकले निमन्त्रणा गरेको क्रिकेट डट कम डट एयुले जनाएको छ।

दुबईमा रहेका वार्नरले आफुहरुले टिमसँग भेट्न पाउँदा पाएको सम्मान निकैनै सह्रानीय भएको बताए। “टिमसँग भेट्न पाउँदा कुनैपनि समय टिम बाहिर नरहेको अनुभव भैरहेको छ। सबै खेलाडीले हाम्रो आगमनलाई सहर्स स्वीकारेका छन्। ”

स्मिथले पनि अहिलेको अवस्थामा टिम सहि बाटोमा हिँडेको बताएका छन्। “टिममा राम्रो वातावरण बनेको छ। भर्खरै भारतलाई उसकै घरेलु मैदानमा हराएर इतिहास समेत बनाएको छ। ” उनले पाकिस्तानसंगको सिरिजको लागि समेत शुभकामना दिए। “भारतलाई हराएर उत्साहित बनेको टिमले पाकिस्तान विरुद्द खेलेको हेर्न उत्साहित छु। आशा छ सिरिज जित्नेछ। ”

स्टिभ स्मिथ

दुबै खेलाडीहरुलाई पाकिस्तान विरुद्दको एकदिवसीय सिरिजमा टिममा स्थान दिइएको छैन। उनीहरु भारतमा सुरु हुने आइपिएलको लागि त्यसतर्फ प्रस्थान गर्नेछन्। वार्नर कुहिनोको समस्याबाट फर्किसकेका छन् र सनराइजर्स हैदरावादको पहिलो खेलका लागि उपस्थित हुन सक्नेछन्। स्मिथ भने बंगलादेश प्रिमियर लिगमा कुहिनोमा नै समस्या आएपछि फर्किने समय अझै पक्का भैसकेको छैन तर भारत भने प्रस्थान गर्नेछन्।

अष्ट्रेलियाले दुबई भ्रमणमा रहँदा मार्च २२ देखि ३१ तारिख सम्म ५ एकदिवसीय खेल खेल्नेछ।

उक्त अन्तर्वार्ताको भिडियो:

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy