महिला एसपीएल टि-२० : कविताले उत्कृस्ट बलिंग गर्दा रोमान्चक खेलमा खडकको जित

  • विकेटनेपाल, १४ असार, राजबिराज ।

सप्तरीको राजविराजमा जारि सप्तरी महिला प्रिमियर लिग टि-२० अन्तर्गत दोश्रो दिन सम्पन्न रोमान्चक खेलमा खडकले  राजबिराज सिस्का एन्जलसलाई ७ रनले पराजित गरेको छ।

टस जितेर पहिलो ब्याटिंग गर्ने निर्णय गरेको खडकले निर्धारित २० ओभरमा ५ विकेट नोक्सानीमा १ सय १० रनको योगफल तयार पारेको थियो। खडकका लागि कप्तान सरस्वती चौधरीले ५३ बलमा ३ चौक्काको मद्धतले ३६ रन, काजल श्रेष्ठले २४ बलमा २ चौक्काको मद्धतले २० रन तथा कविता गौतमले १८ रनको योगदान दिएका थिए।

बलिंगतर्फ राजबिराज सिस्का एन्जलका तर्फबाट सबनम राईले ४ ओभरमा २० रन दिई २ बिकेट तथा नेरि थापा, सम्झना खडका र अस्मीना कर्मचार्यले सामान १ बिकेट लिए।

Saraswati Chaudhary

१ सय ११ रनको लक्ष्य लिई मैदानमा ओर्लेको राजबिराज सिस्का जाईन्स एक समय १७ ओभरमा ५ विकेटको नोक्सानीमा ९४ रन बनाईसकेको थियो तर थप ९ रन जोड्दा उसले बाँकी ५ विकेट गुमाउन पुग्यो ।

राजबिराज सिस्काका लागि कप्तान नेरि थापाले उत्कृष्ट पारि खेल्दै ६ चौका मदतले ४९ रन बनाए पनि टिमलाई जित भने दिलाउन सकिनन्। कविता जोशीले २७ रन बनाइन् । नेरी र कविता बीच बिच चौथो विकेटको लागि ६० रनको साझेदारी भएको थियो। अन्य खेलाडिमा सरिता मगर १२ बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएनन्।

Sabnam Rai

बलिंगतर्फ खडकका कविता गौतमले घातक बलिंग गर्दै ४ ओभरको आफनो स्पेलमा १८ रन दिई ४ महत्वपुर्ण ४ विकेट लिईन् । कविता बाहेक सन्तोषि चौधरी, सरस्वती चौधरी र रश्मी शर्माले सामान १ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच खडकका कविता गौतम घोसित भए ।

Kabita Gautam

खडक नगरपालिका, सुरुंगा नगरपालिकाको सहयोग तथा सेभ द चिल्ड्रेन र सप्तरी क्रिकेट संघ संगको सहकार्यमा सबल नेपालद्धारा संचालित प्रतियोगिताको विजेताले ५५ हजार रुपैयाँ तथा उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै उत्कृस्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।





थप समाचार

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]