महिला टि-२० विश्वकप : स्मृतिले आक्रामक ब्याटिंग गर्दा भारतयसंग अस्ट्रेलिया पराजित

  • विकेटनेपाल-२ मङ्सिर, आइतवार

वेस्ट इन्डिजमा जारी महिला टि-२० विश्वकप अन्तर्गत समुह “बि” को अन्तिम खेलमा भारतले अष्ट्रेलियामाथि ४८ रनको जित हात पारेको छ।    दुबै टोलि खेल अघिनै समुह चरणको शिर्ष दुईमा पर्दै सेमीफाइनलमा प्रवेश गरिसकेका थिए।

जितसंगै भारत समुह ‘बि’ को बिजेता र अष्ट्रेलिया उपबिजेता बनेको छ। लिग चरणमा अपराजित रहेको भारतले सेमीफाइनलमा विन्डीज र इंग्ल्याण्ड बिचको खेलमा पराजित हुने टोलिसंग खेल्नेछ। यस्तै अष्ट्रेलियाले भने सेमीफाइनलमा विन्डीज र इंग्ल्याण्ड बिचको बिजेतासंग    खेल्नेछ।

शनिवार राति प्रोभिन्स स्टेडियम गयानामा सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई ४८ रनले पराजित गर्यो। भारतको जितमा प्लेयर अफ द म्याच चुनिएकी स्मृति मन्धनाले बिष्फोटक ब्याटिंग गर्दै ८३ रन जोडेकी थिइन्।

Smriti Mandhana
Smriti Mandhana

टस जितेर ब्याटिंगमा उत्रिएको भारतले पहिलो इनिंगमा ८ विकेट गुमाएर १६७ रन जोडेको थियो। उसका लागि मन्धनाले सर्वाधिक ८३ तथा हर्मनप्रित कौरले ४३ रन जोडेकी थिइन्।

ओपनिंग गर्न उत्रिएकी स्मृतिले आफ्नो टि-२० अन्तर्राष्ट्रिय करियरको सर्वाधिक स्कोर जोड्ने क्रममा ५५ बलमा ९ चौका र ३ छक्का प्रहार गरिन। अर्की ओपनर तानिय भाटिया व्यक्तिगत २ रन र तेस्रो नम्बरमा ब्याटिंग गर्न उत्रिएको जेमिमाह रोड्रीगेज व्यक्तिगत ६ रन जोड्दै पभेलीयन फर्किएपछि भारतको इनिंग समस्यमा आएको थियो।

त्यसपश्चात भने स्मृति र कप्तान हर्मनप्रित कौरले तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। कौर मात्र २७ बलमा ३ चौका र समान छक्का प्रहार गर्दै व्यक्तिगत ४३ रनमा डेलिसा किम्मिन्सको शिकार बनेकी थिइन्।

अष्ट्रेलियाको बलिंगमा एलिस पेरीले सर्वाधिक ३ विकेट हात पारिन। यस्तै डेलिसा किम्मिन्स र एस्ली गार्डेनरको नाममा समान २-२ विकेट रह्यो।

जवाफमा १६८ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको अष्ट्रेलिया १९.४ ओभरमा ११९ रनमा समेटिन पुग्यो। उसको चेजमा एलिस पेरीले सर्वाधिक अविजित ३९ रन जोडेपनि त्यो जितका लागि पर्याप्त रहेन। यस्तै एस्ली गार्डेनरले २० तथा बेथ मुनिले १९ रन जोडेकी थिइन्।

भारतको बलिंगमा अनुजा पाटिलले सर्वाधिक ३ विकेट हात पारिन। यस्तै दिप्ती शर्मा, पुनम यादव र राधा यादवको नाममा समान २-२ विकेट रह्यो।

नोभेम्बर ९ बाट वेस्ट इन्डिजमा सुरुभएको महिला विश्वकपमा भारत, अष्ट्रेलिया र आयोजक विन्डीज सहित इंग्ल्याण्ड, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, न्युजील्याण्ड, पाकिस्तान र आयरल्याण्ड गरी १० देशका महिला टोलि सहभागी छन्।

यसअघि सन् २०१६ मा भारतमा सम्पन्न महिला विश्वकपको उपाधि विन्डीज टोलिले हात पारेको थियो। फाइनल खेलमा विन्डीज टोलीले अष्ट्रेलियालाई ८ विकेटले हराएको थियो।





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]