CPL : सेन्ट लुसियाद्वारा सेन्ट किट्सलाई १७३ रनको लक्ष्य

२०७७ भाद्र ६, शनिबार २१:३८

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत सातौँ खेलमा डेरेन सामी कप्तानीको सेन्ट लुसिया जुक्स र रायद इम्रिट कप्तानीको सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स प्रतिस्पर्धा गरिरहेका छन्।

लिग अन्तर्गत सेन्ट किट्स खेलेको दुवै खेलमा हार पछि अंकतालिकाको पुछारमा रहेको छ। १ जित र १ हार पछि सेन्ट लुसिया तेश्रो स्थानमा छ।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको सेन्ट लुसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रन बनाएको छ।

सेन्ट लुसियाको लागि ओपनिंग ब्याट्सम्यान आन्द्रे फ्लेचरले सर्वाधिक ४६ रन बनाए। उनले ३३ बलमा ६ चौका र १ छक्का प्रहार गरे। यस्तै मोहम्माब नाबीले अविजित ३५, मार्क डेयालले ३०, नजिबुल्लाह जद्रानले २८ तथा रखिम कर्नवालले १६ रन बनाए।

नाबीले अन्तिममा आक्रामक ब्याटिंग गरे

१३७/६ को अवस्थाबाट नाबीले इनिंगको अन्तिम २ ओभरमा ३ छक्का र १ चौका प्रहार गर्दै सेन्ट लुसियालाई ठुलो योगफलतर्फ डोर्याएका थिए।

सेन्ट किट्सको बलिंगमा सोहेल तन्भिर ( ४०-४१-२ ) र जोन रस जागेसर ( ४-०-२९-२ ) समान २/२ विकेट तथा कप्तान रायद इमृटले १ विकेट ( ४-१-१४-१ ) लिए।

लिग अन्तर्गत आज राति १२ बजे सन्दिप लामिछाने सम्मिलित टिम जमैका र गायना अमेजन वारियर्स बीच प्रतिस्पर्धा हुनेछ।

यो पनि पढ्नुस :- 

https://wicketnepal.com/can-50-players-corona-wn20/

https://wicketnepal.com/200-zak-new-record-wn20/

https://wicketnepal.com/pak-team-for-eng-t20i-wn20/

https://wicketnepal.com/cpl-sandeep-wn20-3rd-match-prev/

https://wicketnepal.com/white-sanyas-wn20/

https://wicketnepal.com/trinbago-2nd-win-cpl-wn20/

https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy