T20 BLAST : ब्यान्टनको आक्रामक शतकमा समरसेटको शानदार जित

टम ब्यान्टनले आक्रामक शतक बनाउदा इंग्ल्यान्डमा जारी टि-२० ब्लास्ट प्रतियोगितामा समरसेटले केन्टलाई १० विकेटले सहजै पराजित गरेको छ।

क्यान्टरबरि स्थित सेन्ट लरेन्स मैदानमा सम्पन्न खेलमा केन्टले दिएको १६९ रनको लक्ष्य समरसेटले विकेट नगुमाई १५.४ ओभरमै भेटायो। समरसेट ओपनर टम ब्यान्टन र डेभोन कनवेले केन्ट बलरलाई कुनै मौका नदिई अविजित रहँदै जित दिलाए।

२२ वर्षीय दायाँ हाते ब्याट्सम्यान ब्यान्टनले दोश्रो टि-२० शतक बनाउने क्रममा अविजित १०७ रन बनाए जुन क्रममा उनले ५१ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। यस्तै कनवेले ४४ बलमा ६ चौका मद्दतले ५१ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको केन्टले २० ओभरमा ८ विकेट क्षेतीमा १६८ रन बनाएको थियो। उसको लागि ज्याक क्रलेले सर्वाधिक ३९ रन, जो डेनलिले ३६ रन, कप्तान डी बेल ड्रुमोन्डले २८ रन योगदान दिए। एक समय १५ औं ओभरमा १२५/२ को अवस्थामा रहेको केन्टले अन्तिमको ओभरहरुमा लगातार विकेट गुमाउदा विशाल योगफल बनाउन चुक्यो। समरसेटको बलिंगमा लुइस ग्रेगोरीले सर्वाधिक ४ विकेट ( ४-०-२७-४ ) लिए।

८ खेलमा ४ जित, २ हार र २ नतिजा विहिन खेलपछि समरसेट अंकतालिकाको पाँचौ स्थानमा रहेको छ भने हारपछि पनि केन्ट १२ अंक सहित दोश्रो स्थानमा रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy