Nepal T20 : सोमपाल चम्किंदा पोखरालाई हराउँदै जनकपुर प्ले अफमा

नेपाल टी-२० लिगमा बिहीबार जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको छ।

स्कोरकार्ड 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले १२ ओभरमा सबै विकेट गुमाएर ६८ रनको योगफल तयार पारेको थियो।जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ९ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। जनकपुरका लागि शारफुद्दिन असरफले २७ बलमा ३७ रनको इनिङ खेले। त्यसअघि कप्तान ट्रेभोन ग्रिफिथ १७ रन जोडेर पेभेलियन फर्केका थिए।

पोखरका लागि कुशल मल्ले तीन तथा अतिशा फर्नान्डोले एक विकेट लिए। पहिलो इनिङमा पोखराका लागि सिद्धान्त लोहनीले १७ तथा आसिफ शेख र कुशल मल्लले १६-१६ रन जोडेका थिए। त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।

जनकपुरका लागि सोमपाल कामीले सर्वाधिक तीन तथा असरफ र ललित राजवंशीले २-२ विकेट लिए।

जितसँगै जनकपुर एक खेल अगावै प्ले अफमा पुगेको छ। लुम्बिनी अल स्टार्स यसअघि नै पहिलो क्वालिफायर खेल्ने निश्चित भइसकेको छ। ९ खेलबाट ६ अंक जोगेको पोखराको सम्भावना न्युन बनेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy