Nepal T20 : सोमपाल चम्किंदा पोखरालाई हराउँदै जनकपुर प्ले अफमा

नेपाल टी-२० लिगमा बिहीबार जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको छ।

स्कोरकार्ड 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले १२ ओभरमा सबै विकेट गुमाएर ६८ रनको योगफल तयार पारेको थियो।जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ९ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। जनकपुरका लागि शारफुद्दिन असरफले २७ बलमा ३७ रनको इनिङ खेले। त्यसअघि कप्तान ट्रेभोन ग्रिफिथ १७ रन जोडेर पेभेलियन फर्केका थिए।

पोखरका लागि कुशल मल्ले तीन तथा अतिशा फर्नान्डोले एक विकेट लिए। पहिलो इनिङमा पोखराका लागि सिद्धान्त लोहनीले १७ तथा आसिफ शेख र कुशल मल्लले १६-१६ रन जोडेका थिए। त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।

जनकपुरका लागि सोमपाल कामीले सर्वाधिक तीन तथा असरफ र ललित राजवंशीले २-२ विकेट लिए।

जितसँगै जनकपुर एक खेल अगावै प्ले अफमा पुगेको छ। लुम्बिनी अल स्टार्स यसअघि नै पहिलो क्वालिफायर खेल्ने निश्चित भइसकेको छ। ९ खेलबाट ६ अंक जोगेको पोखराको सम्भावना न्युन बनेको छ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]