टि-१० लिग : सोमपालले लिए पहिलो विकेट, मराठाको तेश्रो हार

युएईमा जारि अबुधाबी टि-१० लिग अन्तर्गत नेपाली फास्ट बलर सोमपाल कामिले चौथो खेल खेल्दा विकेटको खाता खोल्न सफल भएका छन्। तर उनको टिम मराठा अरबियन्स भने कलन्दर्ससंग पराजित हुन पुगेको छ।

शेख जायद स्टेडियम अबुधाबीमा सम्पन्न खेलमा कलन्दर्सले लगातार चौथो जित दर्ता गर्ने क्रममा ४ विकेटले मराठालाई पराजित गर्यो। चौथो खेल खेल्दा मराठाको यो लगातार तेश्रो हार हो।

खेलमा मराठाले दिएको १०२ रनको लक्ष्य कलन्दर्सले ६ विकेट गुमाएर ८.१ ओभरमा भेटायो। कलन्दर्सको लागि शर्जिल खानले सर्वाधिक २८ रन, बेन डंकले अविजित २६ रन तथा सोहेल अख्तरले २० रन योगदान दिए। मराठाको बलिंगमा यामिन अहमदजाईले २ विकेट लिए भने सोमपाल कामि, शोयब मलिक र इशान मलहोत्राले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको मराठाले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १०१ रन बनाएको थियो ।

मराठाको लागि ओपनर मोहम्मद हफिजले सर्वाधिक ४४ रन बनाए जुन क्रममा २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे। शोयब मलिकले २३ तथा अब्दुल शाकुरले ११ रन बनाए। कलन्दर्सका फास्ट बलर सोहेल तन्भिरले ३ विकेट तथा सुल्तान एहमद र डन्याल अहमदले समान १/१ विकेट लिए।

यस्तो रह्यो सोमपालको प्रदर्शन 

चौथो ओभरमा बलिंग गर्न आएका सोमपालले पहिलो बलमा रन दिएनन्। दोश्रो बलमा अफस्टम्प बाहिर दिएको फुल लेन्थ बललाई शर्जिल खानले एक्स्ट्रा कभरको माथि छक्का प्रहार गरे। तेश्रो बलमा उनले गति कम गर्दै लेग स्टम्पमा गरेको बललाई फ्लिक गर्दै शर्जिलले डिप मिड-विकेट माथि छक्का प्रहर गरे। चौथो बलमा शर्जिलले १ रन लिए। पाँचौ बलमा सोमपालले दिएको ओभर पिच बलमा सोहेल अख्तरले लंग अन माथि छक्का प्रहार गरे।

ओभरको पाँचौ बलमा सोमपालले शानदार पुनरागमन गर्ने क्रममा ११ बलमा २० रन बनाएका सोहेल अख्तरलाई एलबिडब्लु आउट गरे। सोमपालले गरेको योर्करलाई अनसाइडमा खेल्ने क्रममा उनले बलसंग सम्पर्क गर्न सकेनन्। सोमपालले गरेको अपिललाई अम्पायरले आउट दिन ढिला गरेनन्। विकेट लिएपछि निकै राम्रो बल भएको भन्दै कमेन्टटरले सोमपालको तारिफ गरे।

ओभरमा १९ रन खर्चेका सोमपालले चौथो खेल खेल्दा पहिलो विकेट प्राप्त गरे। दोश्रो ओभर भने सोमपालले बलिंग पाएनन्। कलन्दर्सका कप्तान सोहेल अख्तर यस अघि खेलेको तिन वटै खेलमा अविजित रहेका थिए। जारि लिगमा सोमपालले मात्र उनको विकेट लिन सकेका छन्।

लिग अन्तर्गत यस अघि तिन वटा खेलमा सोमपाल विकेटविहिन रहेका थिए। उनले पहिलो खेलमा नर्दर्न वारियर्स बिरुद्ध २ ओभरमा २८ रन खर्चेका थिए। यस्तै दोश्रो खेलमा दिल्ली बुल्स बिरुद्ध १ ओभरमा १७ रन खर्चेका थिए। तेश्रो खेलमा बांग्ला टाइगर्स बिरुद्ध १ ओभरमा उनले १२ रन खर्चेका थिए।

लिग अन्तर्गत आजको दोश्रो खेलमा करन अर्का नेपाली खेलाडी रन केसी आवद्ध टिम पुने डेभिल्सले दिल्ली बुल्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल ८ बजे राति सुरु हुनेछ।





थप समाचार

नेपाललाई स्तब्ध पार्दै युएई फाइनलमा

काठमाडौं । नेपाललाई स्तब्ध पार्दै ओमानमा जारी दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कपको युएई सेमिफाइनल प्रवेश गरेको छ । ओमानको […]

सन्दीपको अर्धशतकमा युएईलाई १२० रनको लक्ष्य

काठमाडौं । ओमानमा जारी दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले सन्दीप जोराको अर्धशतकको सहयोगमा युएईलाई १ […]

नेपालले टस हार्यो, सोमपाल टिममा फर्किए

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले टस हारेको छ । युएईका कप्तान मुहम्मद […]

एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र युएई भिड्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज शुक्रबार नेपाल र युएईबीच सेमिफाइनल खेल हुदैछ । एसोसिएट […]

पञ्जाबमाथि मुम्बईको जित

काठमाडौं । भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३३ औं खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ […]

मुम्बईले पञ्जाबलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं । भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३३ औं खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई १ सय ९३ […]