तेस्रो अभ्यास खेल जित्न नेपाललाई २१६ रनको लक्ष्य

  • विकेटनेपाल – १९ माघ, शुक्रवार

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीको क्रममा संयुक्त अरब एमिरेट्स (युएई) मा रहेको नेपाली टोलिले आफ्नो तेस्रो अभ्यास खेलमा जितको लागि २१६ रनको लक्ष्य पाएको छ। युएई “ए” बिरुद्धनै भएका पहिलो दुई अभ्यास खेलमा भने नेपालले जित हात पारेको थियो।

पहिलो इनिंगको स्कोरकार्ड हर्न यहाँ क्लिक गर्नुहोस् :

टस जित्दै घरेलु टोलि युएई “ए” ले पहिले ब्याटिंग रोजेको थियो। पहिले ब्याटिंग गर्न उत्रिएको युएई “ए”का लागि चिराग सुरीले ८५ रन बनाउन अघि सुरुवातका केहि विकेट सस्तैमा गुमाएको थियो। १०२ बल खेलेका सुरीले व्यक्तिगत ८५ रन जोड्दै घरेलु टोलिलाई सम्मानजनक स्कोरसम्म पुर्याए। चिराग सुरी सन् २०१७ को आईपिएल क्रिकेटमा गुजरात लायन्सको टिमका सदस्य समेत थिए।

ललित भण्डारीले(१०-०-४६-२) सुरुवातमा उत्कृस्ट बलिंग गर्दै दुवै ओपनर फहद नवाज १७ (३२) र खलिद साह ५(१६) लाई सस्तैमा पभेलियनको बाटो देखाउंदा एक समय युएई “ए” संकटमा थियो। तर पछिल्लो क्रमका ब्याट्सम्यानहरुले चिराग सुरीसंग साझेदारी गर्दै महत्वपूर्ण रन जोडेपछि घरेलु टोलिले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउंदै २१५ रन जोड्न सफल भयो।

युएई “ए” का लागि अलि मिर्जाले अविजित ४२ तथा अतिरुर रहमानले ३३ रनको व्यक्तिगत योगदान गरे।

नेपाली टोलिको बलिंग तर्फ जन्मदिन मनाईरहेका सोमपाल कामीले सर्वाधिक ३ विकेट हात पारे। १० ओभरको स्पेलमा सोमपालले १ मेडन सहित ५६ रन खर्चेर ३ विकेट लिए। यस्तै ललित भण्डारीले २ तथा पारस खड्का, सन्दिप लामिछाने र बसन्त रेग्मीले समान १-१ विकेट हात पारे।

अभ्यास टुर पछि नेपाली टिम फेब्रुअरी ४ तारिकमा नामिबिया प्रस्थान गर्ने तालिका रहेको छ।

फेब्रुअरी ८ देखि १५ तारिकसम्म नामिबियामा आयोजना हुने प्रतियोगिता अघि नेपालले तयारिका लागि दक्षिण अफ्रीका जान आईसीसी समक्ष अनुरोध गरेको थियो। तर आईसीसीले दक्षिण अफ्रिकाको सट्टा युएई भ्रमण गर्ने अनुमति दिएको थियो।

टिमलाई सघाउन आईसीसीले भारतीय प्रशिक्षक सुलाक्षण कुल्कर्नीलाई नियुक्त गरेको छ जसले टिमको ब्याटिंग कन्सल्टेन्टको भूमिका निभाइरहेका छन्। कुल्कर्नीले भारतको रणजी स्तरका खेलाडी तथा मुम्बई लगायत रणजी टिमको प्रशिक्षकको भूमिका निभाईसकेका छन्।

डिभिजन-२ खेल्न युएई जानु अघि १४ सदस्यीय नेपाली टिमको घोषणा गरिसकिएको छ जसमा युवा खेलाडी रोहित पौडेल र अनिल साहलाई पहिलो पटक समाबेश गरिएको छ।

नेपाली टिम
पारस खड्का (कप्तान) , ज्ञानेन्द्र मल्ल (उप-कप्तान) , शक्ति गौचन , बसन्त रेग्मी , शरद भेषावकर , सोमपाल कामी, करण केसि , मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दीपेन्द्र सिंह ऐरी, दिलिप नाथ (विकेट किपर), ललित सिंह भन्डारी, अनिल साह, रोहित कुमार पौडेल

बैकल्पिक खेलाडीहरु : सिद्धान्त लोहनी , किशोर महतो , ललित राजबंशी, सुनिल धमला

डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा प्रतिस्पर्धा गर्दैछन्। सहभागी ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहँदै डिभिजन-२ मा घटुवा भएको थियो।

प्रतियोगिताको पहिलो खेलमा नेपालले फेब्रुअरी ८ तारिकमा आयोजक नामिबियासंग खेल्नेछ। यस्तै दोश्रो खेल फेब्रुअरी ९ तारिकमा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ तारिकमा युएईसंग, चौथो खेल फेब्रुअरी १२ तारिकमा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ तारिकमा खेल्नेछ।





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]