सोमपालको स्थान कसैले लिन सक्दैन : युएई कप्तान मुस्तफा

२०७५ पुष २, सोमबार २२:३७

  • विकेटनेपाल, पौष-२ , सोमबार 

काठमाडौं । युएई राष्ट्रिय टोलीका कप्तान समेत रहेका ईपिएलमा काठमाडौँ किंग्स ११ का कप्तान रोहन मुस्तफाले नेपाली क्रिकेटका क्षेत्रमा सोमपाल कामी उत्कृष्ट खेलाडी भएको बताएका छन्।

राजधानिमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टीमा विराटनगर वारियर्स विरुद्धको खेल पछि पत्रकाहरुसंग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, “सोमपाल नेपाली राष्ट्रिय टोलीका एक महत्वपुर्ण खेलाडी हुन्। जस्लाई मैले नेपालमा राम्रोसंग चिनेको छु। उनि राम्रो मात्र होईन उत्कृष्ट पनि हुन्, उनको स्थान कसैले पनि लिन सक्दैन।”

काठमाडौँ किंग्स ११ टिमका कप्तान सोमपाल एङ्कलको चोटको कारण पहिलो खेल पछि खेल्न सकेका छैनन् जसको स्थानमा रोहन मुस्तफाले टिमको कप्तानी सम्हालीरहेका छन्। मंगलबार किंग्स ११ले लिगको पहिलो क्वालिफायरमा ललितपुर प्याट्रीएट्सको सामना गर्दै छ जुन खेलको विजेता सिधै फाइनल प्रवेश गर्ने छ। लिग चरणको अन्तिम खेलमा बिराटनगर वारियर्सलाई पराजित गर्दै पहिलो क्वालिफायर खेल्न छनौट भएपछि पत्रकारहरुसंग कुराकानी गर्दै मुस्तफाले सोमपाल बारे बताएका हुन्।

क्वालीफायर जस्तो महत्वपूर्ण खेलमा सोमपाल खेल्ने नखेल्ने अझै निश्चित नभएको मुस्तफाले बताएका छन्-

“उनि पुर्ण रुपमा स्वस्थ भै सकेको अवस्था छैन। उनलाई आरामको जरुरी छ। हामि उनिसंग रिस्क लिन सक्दैनौ” सोमपालले बलिङ नगरे पनि व्याटिङ गर्न भने केहि मात्रामा सक्ने उनले बताए।”

मुस्तफाले सोमपाललाई भोलिको खेलमा व्याटिङ मात्र गर्न आग्रह पनि गरेको बताए – “मैले उनलाई भोलिको खेल खेल्न आग्रह गरेको छु । तर, उनले त्यसको बारेमा सोच्छु भनेका छन् । हेरौ के हुन्छ ?”

रोहन मुस्तफाको कप्तानिमा रहेको काठमाडौँले विराटनगर वारियर्सलाई ५ विकेटले पराजित गर्दै क्वालिफायरमा पुगेको छ।
काठमाडौंले मंगलबार फाइनल प्रवेशका लागि क्वालिफायरमा ललितपुर प्याट्रियट्ससंग खेल्दैछ।

Sompal Kami & Rohan Mustafa
सोमपाल र रोहन मुस्तफा पोखरा प्रिमियर लिगको दौरान ( फोटो – सोमपाल फेसबुक )

मुस्तफा र सोमपाल धनगढी प्रिमियर लिगमा टिम चौराहा धनगढीको लागि पहिलो पटक संगै खेलेका थिए र टिमलाई उपाधिनै दिलाउन सफल भएका थिए। सोमपालको कप्तानीमा खेल्दै प्रतियोगितामा मुस्तफा उत्कृस्ट खेलाडी चुनिएका थिए। त्यसपछि मुस्तफा कार्तिकमा पोखरामा सम्पन्न पोखरा प्रिमियर लिगमा पनि सोमपाल कप्तानीकैमा बुटवल ब्लास्टर्सबाट खेलेका थिए।

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy