EPLT20 : चितवनको कप्तानी सोमपाललाई

असोज ९ देखि २३ गते सम्म ( सेप्टेम्बर २५ देखि अक्टोबर ९ तारिख ) आयोजना हुने २०२१ एभरेस्ट प्रिमियर लिगको ( ईपीएल ) टिम चितवन टाइगर्सको कप्तानी टिमको मार्की प्लेयर सोमपाल कामिले गर्ने भएका छन्। टाइगर्सले आइतबार प्रेस विज्ञप्ति जारि गर्दै अलराउण्डर सोमपालले नेत्रित्व गर्ने घोषणा गरेको हो।

सोमपालले यस अघिको संस्करणमा काठमाडौँ किंग्स-११ को कप्तानी गरेका थिए। गत वर्ष काठमाण्डौले सोमपाल कामिलाई चितवनमा ट्रेड गरेको थियो जसको स्थानमा दिपेन्द्र ऐरीलाई टिममा भित्र्याएको थियो।

गत सिजन चितवन टाइगर्सको कप्तानी पृथु बास्कोटाले गरेका थिए। पृथुलाई चितवनले गत सिजन रिलिज गरेको थियो जसपछि पृथुलाई पोखरा राइनोजले ७५ हजार रुपैयाँमा टिममा भित्र्याएको थियो। पृथुको स्थानमा चितवनले खडक बोहरालाई ५० हजार खर्चेर भित्र्याएको थियो।

कप्तान नियुक्त भएपछि सोमपालले आफुलाई विश्वास गरेकोमा धन्यवाद दिएका छन् – “म माथि विश्वास देखाउनु भएकोमा टाइगर्स व्यवस्थापनप्रति आभार प्रकट गर्छु। नयाँ जिम्मेवारी सहित नयाँ चुनौती सामना गर्नको लागि म उत्साहित छु।” कामिले बताएका छन्।

चितवन टाइगर्सका ओपरेसन डीरेक्टर बिनिता चौधरी भट्टराईले सोमपाल टिमको नेतृत्व गर्नलायक खेलाडी रहेको बताएकी छिन् – “सोमपालसंग नेत्रित्व क्षमता छ र हामि उनको क्रिकेटरको रुपमा रहेको क्षमतामा विश्वस्त छौँ। उनिसंग विदेशी टि-२० र टि-२० लिगको अनुभव पनि रहेको छ जसले हाम्रो खेलमा अझ सहयोग पुर्याउनेछ।”

सन् २०१४ देखि नेपाली राष्ट्रिय क्रिकेट टिमको सदस्य रहँदै आएका सोमपालले नेपालको लागि ६ वटा एकदिवसीय र ३३ वटा टि-२० अन्तर्राष्ट्रियमा प्रतिनिधित्व गरिसकेका छन्। जुन क्रममा उनले एकदिवसीयमा १३ विकेट लिनुको साथै १४६ रन बनाएका छन् भने टि-२० मा ३१ विकेट लिनुको साथै २२१ रन बनाएका छन्। सोमपालले गत वर्ष ‘अबुधाबी टि-१० लिग’ र पछिल्लो संस्करणको ‘ग्लोबल टि-२० लिग क्यानडा’ खेलीसकेका छन्।

सोमपालले यस अघि अन्य घरेलु टि-२० धनगढी प्रिमियर लिगमा ‘टिम चौराहा धनगढी’ तथा पोखरा प्रिमियर लिगमा ‘बुटवल ब्लास्टर्सको नेतृत्व गरेका थिए। उनको नेतृत्वमा टिम चौराहा धनगढीले २०१८ को धनगढी प्रिमियर लिगको उपाधि जित्न सफल भएको थियो।

चितवन टाइगर्समा सोमपाल बाहेक शाहब आलम, दिलिप नाथ, ललित भण्डारी, कमल सिंह ऐरी, इशान पाण्डे जस्ता राष्ट्रिय खेलाडीहरु छन्। यस्तै सन्दिप सुनार, भिम शार्की, सागर ढकाल, आदील खान र खडक बोहरा जस्ता उमेर समुह राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका खेलाडीहरु टिममा छन्।

गत संस्करण चितवनले विदेशी खेलाडीको रुपमा अफगानिस्तानका मोहम्मद शहजाद, आयरल्याण्डका पल स्टरलिंग तथा सिंगापुरका टिम डेभिडलाई विदेशी खेलाडीको रुपमा टिममा आबद्ध गरेको थियो। गत सिजन कोरोनाका कारण लिग स्थगित हुँदा यो सिजन यी विदेशी खेलाडीहरुले निरन्तरता पाउनेछन् या छैनन् टाइगर्सले खुलाएको छैन।

ईपीएलको पछिल्लो दुई संस्करणमा चितवन टाइगर्सको प्रदर्शन कमजोर रहँदै आएको छ। २०१७ को संस्करणमा चितवन १ जित र ४ हार पछि अंकतालिकाको पुछारमा रहेको थियो भने २०१८ को पछिल्लो संस्करणमा २ जित र ३ हार पछि चौथो स्थानमा रहेको थियो। चितवनलाई गत संस्करण ईलिमिनेटरमा भैरहवा ग्ल्याडीएटर्सले ४ विकेटले पराजित गरेको थियो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]