सोमपालले करियरकै उत्कृस्ट बलिंग गर्दा युएई १९५ रनमै सिमित

  • विकेटनेपाल, २२ मङ्सिर – शुक्रबार 

सोमपाल कामिले उत्कृस्ट बलिंग गरेपछि आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको दोश्रो खेलमा युएई १९५ रनमा अलआउट भएको छ।

स्कोरकार्ड 

सोमपाल एक्लैले ५ विकेट हात पारेपछि युएईले ४९.२ ओभरमा सबै विकेट गुमाउन पुगेको हो। १० ओभर बलिंग गरेका सोमपालले १ मेडन ओभर सहित मात्र २७ रन खर्चिएका थिए। यो अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपालको उत्कृस्ट बलिंग हो भने ५ विकेट हात पारेको दोश्रो पटक हो। यस भन्दा अघि उनले मलेसियासंग सन् २०१४ मा ५ विकेट हात पारेका थिए। २०१४ एसीसी प्रिमियर लिगमा नेपाललाई जिताउने क्रममा उनले १० ओभरमा ३ मेडन ओभर सहित ४७ रन खर्चेर ५ विकेट हात पारेका थिए।

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पीयनसिपमा नेपाली बलरले ५ विकेट लिएको पनि यो पहिलो पटक हो। शरद भेसावकरले केन्या बिरुद्ध लिएको ४ विकेट हालसम्मको उत्कृस्ट बलिंग थियो।

सेख जायद मैदानमा टस जितेर नेपालले युएईलाई ब्याटिंगको निम्तो दिएको थियो। नेपालले सुरुवात देखि युएईमाथि दबाब बनायो र युएईको पहिलो ५ विकेट ३९ रनको स्कोरमै हात पार्यो। माथिल्लो क्रमका ४ जना ब्याट्सम्यानलाई सोमपाल एक्लैले पेभेलियन फर्काएका थिए।

अघिल्लो खेलमा ६२ रन बनाएका रोहन मुस्तफा ८ रनमै सोमपालको बलमा बिनोद भण्डारीको हातबाट समातिए। यस्तै ८१ रन बनाउदै पहिलो खेलका प्लेयर अफ द म्याच गुलाम सब्बिरलाई पनि ० रनमै किपर दिलिप नाथको हातबाट सोमपालले आउट गराएका थिए।

अद्नान मुफ्ती शतकीय योगदान दिए l फोटो – आईसीसी

५ विकेट गुमेपछि युएईलाई सातौँ नम्बरमा ब्याटिंग गर्न आएका अद्नान मुफ्तीले उत्कृस्ट ब्याटिंग गर्दै थोरै रनमै अलआउट हुन जोगाए। उनले मात्र ८९ बलमा ८ चौका र ३ छक्का मदतले १०४ रन प्रहार गरेपछि सस्तोमा युएईलाई समेट्ने चाहना पुरा हुन पाएन। मुफ्तीले छैठौ विकेटको लागि मोहम्मद बुटासंग ८० रनको साझेदारी गरेका थिए। बुटाले ३७ रन बनाए।

अद्नानको विकेट सोमपालले ४८ औं ओभरमा लिंदै आफ्नो ५ विकेट पुरा गरेका थिए। नेपालको लागि ललित सिंह भण्डारी, पारस खड्का र सन्दिप लामिछानेले समान १/१ विकेट हात पारे।मोहम्मद नाबेदको विकेट हात पारेका ललितले नेपालको लागि लिएको यो पहिलो विकेट हो।

नेपालले युएईसंगको पहिलो खेल ७ विकेटको बिशाल अन्तरले हारेको थियो। पहिले ब्याटिंग गर्दै नेपालले दिएको २२२ रनको लक्ष युएईले ३ विकेट गुमाई पुरा गरेको थियो।

सोमपाल कामि





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]