नेपाली टिमले बिशेष बनायो सोमपालको जन्मदिन ( फोटो फिचर )

२०७४ माघ २०, शनिबार ०८:३७

  • विकेटनेपाल, माघ २० – शनिबार

रास्ट्रिय क्रिकेट टिमका फास्ट बलिंग अल-राउण्डर सोमपाल कामिले शुक्रबार आफ्नो जन्मदिन नेपाली टिमसंगै मनाएका छन्।

फेब्रुअरी ८ देखि नामिबियामा सुरु हुने आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ को तयारीको क्रममा रहेको नेपाली टिम अभ्यास भ्रमणको लागि युएईमा छ। सोमपालको जन्मदिनको दिन नेपालले युएई ‘ए’ संग तेश्रो अभ्यास खेल खेल्यो जसमा जित दिलाउदै सोमपाललाई बर्थडे गिफ्ट दिन नेपाली टिम असफल रह्यो। तर पनि सधै जसो जन्मदिन मनाउने कुरामा नेपाली टिम पछि परेन र सम्पूर्ण टिम एक जुट भइ सोमपालको दिनलाई बिशेष बनाउन चुकेनन्।

टिमका नियमित तथा भरपर्दा सदस्य सोमपालले टिमसँगै आफ्नो जन्मदिन मनाए। सन् ११९६ फेब्रुअरी २ तारिखमा गुल्मी जिल्लामा जन्मेका सोमपाल घरेलु क्रिकेट हुँदै रास्ट्रीय टिमको सदस्यको रुपमा स्थापित भईसकेका छन्।

सोमपालले यसरि मनाए जन्मदिन (फोटो)

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy