सोमपालको बिर्सनलायक रह्यो ग्लोबल टि-२० डेब्यु , यस्तो रह्यो प्रदर्शन

टि-२० अन्तर्राष्ट्रिय लिग खेल्ने सोमपाल कामि सन्दिप लामिछाने पछि दोश्रो नेपाली क्रिकेटर बनेका छन्। ग्लोबल टि-२० लिग अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सोमपाल एडमोन्टन रोयल्स बिरुद्ध विन्नीपेग हक्सको अन्तिम-११ मा पर्न सफल भए।

डेब्यु गरे पनि सोमपालको लागि खेल सुखद भने रहन सकेन। ब्याटिंगमार्फत उनले अविजित १ रन बनाए भने बलिंगमा विकेट विहिन रहे।

खेलमा टस जितेर विन्नीपेग हक्सले ब्याटिंग रोजेको थियो। पहिले ब्याटिंग गर्ने क्रममा विन्नीपेगले २० ओभरमा ६ विकेट गुमाएर १९५ रन बनाउन सक्यो। १९६ रनको लक्ष्य एडमोन्टनले १७.४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। एडमोन्टनको लागि हंगकंगका अंशुमन रथ सर्वाधिक ८७ रन बनाएर प्लेयर अफ द म्याच चुनिए।

बिर्सनलायक सोमपालको प्रदर्शन 

ब्याटिंग – १ ( ५ )

ब्याटिंगमा १९ औं ओभरमा ७ विकेट गुमेपछि नवौं नम्बरमा ब्याटिंग गर्न आएका सोमपालले ५ बल खेलेर मात्र १ रन बनाउन सके।

जिम्मी निशमले गरेको १९ औं ओभरको दोश्रो बलमा सोमपालले डट बल खेले भने दोश्रो बलमा १ रन लिंदै खाता खोले। तर त्यसपछि ओभरको पाँचौ र छैठौं बलमा स्ट्राइक पाएका सोमपालले दुवै बलमा रन बनाउन सकेनन्। अन्तिम बलमा १ रन लिन चाहे पनि अर्को किनारमा जेपी डुमिनिले रन लिन मानेनन्। त्यसपछि अन्तिम ओभरको अन्तिम बलमा पनि सोमपाल र बनाउन असफल रहे पनि बाई मार्फत १ रन लिए।

त्यसपछि दोश्रो इनिंगमा सोमपालले दशौँ ओभरमा मात्रै गर्न पाए। नेपालको लागि ओपनिंग बलिंग गर्ने सोमपालको लागि त्यो नौलो थियो। सोमपालको अगाडी पाकिस्तान क्रिकेटर मोहम्मद हफिज र हंगकंग क्रिकेटर अंशुमन रथ थिए।

सोमपालको पहिलो ओभर – १५ रन ( २ ६ १ १ वाइड १ वाइड वाइड १ )

ओभरको पहिलो बलमा हफिजले २ रन लिए भने दोश्रो बलमा कभर माथि छक्का हिर्काए। त्यसपछि भने सोमपालले कमब्याक गरे। तेश्रो बलमा हफिजले १ रन लिए भने अंशुमन रथले १ रन लिए। त्यसपछिको बल लेग साइडमा वाइड गरे भने त्यसपछिको बलमा १ रन लिए। त्यसपछि सोमपालले लगातार २ वटा वाइड बल फाले। अन्तिम बलमा अंशुमनले १ रन लिए।

खेल हेर्न पुगेका नेपाली समर्थकहरु

सोमपालको दोश्रो ओभर – १८ रन ( ० ६ १ ४ ६ १ )

त्यसपछि सोमपाललाई १६ औं ओभरमा बलिंग गर्न दिईयो। उक्त ओभरमा पनि अंशुमन रथ ६५ तथा जिम्मी निशम ५ रन बनाएर क्रिजमा थिए।

ओभरको पहिलो बलमा निशमलाई सोमपालले रन दिएनन्। थोरैले निशम बोल्ड हुनबाट बाँचे। त्यसपछिको बल भने सोमपालले थोरै सर्ट गरे र निशमले मिड विकेट माथि छक्का प्रहार गरे। त्यसपछि निशमले १ रन लिएर रथलाई स्ट्राइक दिए। रथले पहिलो बलनै चौका प्रहार गरे। लगत्तै बलमा लंग-अनमा विशाल छक्का हिर्काए। अन्तिम बलमा रथले १ रन लिए।

सोमपालले २ ओभरमा ३३ रन खर्चिए र विकेट विहिन रहे। विन्नीपेगको लागि सोमपाल सबैभन्दा महँगो बलर सावित हुन पुगे। सोमपाल पछि धेरै कलिम सानाले २ ओभरम २५ रन खर्चेर १ विकेट लिए।

सोमपाल नेपालको लागि खेल्दा ओपनिंग बलिंग गर्ने गर्छन् र अन्तिमको ओभरहरुमा बलिंग गर्न रोजाइमा पर्ने गर्दैनन्। पहिलो खेलमा सोमपालले सुरुवाती ओभर बलिंग गर्न नपाउनु र जमीरहेका ब्याट्सम्यानहरु बिरुद्ध बलिंग गर्न पर्दा उनि महँगो सावित भए। त्यसमाथि उनको अन्तर्राष्ट्रिय लिगमा डेब्यु खेल हुँदा नर्भस हुनुको कारण पनि प्रदर्शन स्वाभाविक रहन सकेन।

हार पछि लिग चरणमा विन्नीपेगले ५ वटै खेल सकेकको छ र २ जित र ३ हार सहित ४ अंक बटुल्दै चौथो स्थानमा रहेको छ। उत्कृस्ट ४ टिम मात्रै प्लेअफ चरण प्रवेश गर्ने हुँदा अब विन्नीपेग प्ले-अफ पुग्न सन्दिप लामिछाने रहेको टोरोन्टो टिमले अन्तिम खेलमा हार्नु पर्नेछ। टोरोन्टोले अन्तिम लिग खेल आज राति २:१५ बजे मोन्टरियल टाइगर्स बिरुद्ध खेल्दैछ।

हिजो सम्पन्न खेलमा सन्दिपको टिम टोरोन्टोलाई ब्राम्पटन वुल्भ्सले ११ रनले पराजित गर्यो। उक्त खेलमा सन्दिपको प्रदर्शन पनि राम्रो हुनसकेन। १ विकेट लिए पनि सन्दिप महँगो सावित हुन् पुगे।

 





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]