सोमपाल र सुनिलको प्रदर्शनले आर्मी र पुलिस फाइनलमा – दिपक गुप्ता मेमोरियल टि-२०

Sompal Kami bowling
  • विकेटनेपाल – १४ बैशाख, शुक्रवार

दिपक गुप्ता मेमोरियल टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न दुई सेमीफाइनल खेलमा जित दर्ता गर्दै त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताको उपाधिका लागि अब दुई विभागीय टोलिले शनिवार प्रतिस्पर्धा गर्नेछन्।

पहिलो खेल : सन्नेट विरुद्द पुलिसको सहज जित

प्रतियोगिताको पहिलो सेमीफाइनल अन्तर्गत नेपाल पुलिस क्लबले सन्नेट क्रिकेट क्लबलाई २१ रनले पराजित गर्यो। सन्नेट बिरुद्द जित दर्ता गर्न नेपाल पुलिस क्लबका सुनिल धमलाले अलराउण्ड प्रदर्शन गरे।

जनकपुर स्थित रंगभूमि क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जित्दै सन्नेट क्रिकेट क्लबले पहिले फिल्डिंग गर्ने निर्णय लिएको थियो। टस हारेर ब्याटिंगको निम्तो पाएको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४७ रन जोडेको थियो। पुलिसको ब्याटिंगमा म्यान अफ दि म्याच बनेका सुनिल धमलाले ३७ बलमा ३ चौका र २ छक्का सहित ३७ रन जोडेका थिए। यस्तै दिलिप नाथले समान ३२ रनको इनिंग खेले। सन्नेटको बलिंगमा फैज अहमदले २ विकेट लिएका थिए।

Sunil Dhamala bowling
सुनिल धमलाले अलराउण्ड योगदान दिए ( फाइल फोटो )

जवाफमा १४८ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको सन्नेट क्रिकेट क्लब १९.४ ओभरमा ११९ रनमा समेटियो। सन्नेटको चेजमा आदेश कुमारले २५ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन्। ५ ब्याट्सम्यानहरु दोहोरो अंक नाजोड्दै पभेलियम फर्किए। पुलिसलाइ जित दिलाउन सुनिल धमला, ललित राजबंशी र रामनरेश गिरिले समान २-२ विकेट हात पारे।

दोस्रो खेल : फोइनेक्स क्रिकेट क्लब बिरुद्द त्रिभुवन आर्मी क्लबको ठुलो जित

दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी कल्बले फोइनेक्स क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्यो । आर्मीको जितमा सोमपाल कामीको बलिंग घातक साबित भयो।

टस हारेर ब्याटिंगको निम्तो पाएको फोइनेक्सले १६.२ ओभरमा मात्र ५२ रन जोड्दा सबै विकेट गुमाएको थियो । राजिन्द्र लालले २१ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन्। आर्मीको बलिंगमा म्यान अफ दि म्याच बनेका सोमपाल कामीले २ विकेट चट्काएका। २ ओभरको स्पेलमा सोमपालले मात्र १ रन खर्चेर २ विकेट लिए। यस्तै सागर पुन र साहब आलमले समेत २-२ विकेट लिए।

जवाफमा ५३ रनको झिनो लक्ष्य आर्मीले मात्र ५.५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो। उसको जितमा नरेश बुढाएरले अविजित २६ रन जोडे।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]