सोमपाल कामीको बिष्फोटक इनिंगमा टिम चौराहा धनगढीको रोमान्चक जित

Sompal Kami

विकेटनेपाल – १९ चैत्र, सोमबार | धनगढी प्रिमियर लिग अन्तर्गत तेस्रो दिनको पहिलो खेलमा टिम चौराहा धनगढीले जित दर्ता गरेको छ । धनगढीले दिनको पहिलो खेलमा सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गर्यो ।

टस जित्दै चौराहाले पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको सिवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५० रन जोडेको थियो । उसको इनिंगमा भिपिन चन्द्र र प्रेम तामांगले समान सर्वाधिक २८-२८ रन जोडेका थिए । मात्र २० बल खेलेका चन्द्रले १ चौका र त्यति नै छक्का प्रहार गरेका थिए । यस्तै २९ बल खेलेका प्रेम तामांगले २ छक्काको सहयोगमा २८ रन जोडेका थिए । सिवाइसीको ब्याटिंगमा कुशल भुर्तेलले २५ तथा दिपेन्द्रसिंह ऐरीले १९ रनको योगदान गरेका थिए ।

टिम चौराह धनगढीको बलिंगमा ललित भण्डारीले सर्वाधिक ३ विकेट चट्काएका थिए । उनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिएका थिए । यस्तै रोहन मुस्तफाको नाममा २ विकेट रहेको थियो ।

टिम चौराहा धनगढी

जवाफमा १५१ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको टिम चौराहा धनगढीले खराब सुरुवात गर्यो । सन्दिप जोराको उर्जाशील फिल्डिंगको नतिजा स्वरूप चौराहाले पहिलो विकेट रन आउटको माध्यमबाट गुमाएको थियो । ओपनर सुनिल धमला व्यक्तिगत ६ रनको योगफलमा रन आउट हुनपुगे । त्यस्तै अर्का ओपनर अस्फाक अहमद समेत मात्र १० रनको स्कोरमा बिनोद लामाको बलमा कुशल भुर्तेलबाट समातिन पुगे । ५ नम्बरमा ब्याटिंग गरेका राजु रिजाल समेत क्रिजमा धेरै समय टिक्न सकेनन् । पहिलो ४ विकेट चाडैं गुमाएको धनगढीको इनिंगलाई राजेश पुलामी र रोहन मुस्तफाको साझेदारीले उकास्ने प्रयास गरेको थियो । तर व्यक्तिगत ४० रनको स्कोरमा रोहन मुस्तफा आउट भएसंगै टिम चौराहा धनगढीको चेज समस्यामा थियो ।

Sompal Kami
Man Of The Match : Sompal Kami

त्यसपश्चात ब्याटिंग गर्न आएका सोमपाल कामीले विस्फोटक ब्याटिंग गर्दै मात्र १५ बलमा ३८ रन जोडेपछि चौराहाले खेल सकिन ४ बल बाकीं छंदा जित दर्ता गर्यो । सोमपाल खेलको म्यान अफ दि म्याच समेत घोसित भए ।

सिवाइसीको बलिंगमा दिपेन्द्र ऐरीले २ तथा बिनोद लामा र भिपिन चन्द्रले सामन १-१ विकेट लिए । आज हुने दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेंजर्सको सामना गर्दैछ।





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]