इपीएल टि-२० : पहिले ब्याटिंग गर्दै काठमाडौँ, सोमपाल खेल्दा सागर पुन बाहिर

  • विकेटनेपाल, पुष-५ , बिहिबार 

एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत दोश्रो क्वालीफायर खेलमा भैरहवाले टस जितेर बलिङ्ग रोजेको छ। काठमाडौँ किंग्स-११ र भैरहवा ग्ल्याडीएटर्स बीचको विजेता टिमले शनिवार खेलिने फाइनलमा ललितपुर प्याट्रीएट्सको सामना गर्नेछ।

खेलमा यस अघि लिग चरणमा १ मात्र खेल खेलेका सोमपाल कामिले पनि अन्तिम-११ मा स्थान बनाएका छन्। यस अघि सोमपालले लिग चरणको पहिलो खेलमा चितवन टाइगर्ससंग खेलेपछि गोलिगाँठामा चोटको कारण त्यसपछिको खेल खेल्न सकेका थिएनन्।

काठमाडौँले लेग स्पिनर बिक्रम भुसाल र सागर पुनलाई बाहिर राख्दै ट्यालेन्टबाट आएका सन्दिप रजाली र सोमपाललाई अन्तिम-११ मा स्थान दिईएको हो। सोमपाल खेल्ने भए पनि टिमको कप्तानी भने रोहन मुस्तफालेनै गर्नेछन्। सागर पुन प्रतियोगितामा कमजोर फर्ममा रहेका छन् र ६ खेल खेल्दा १०९ रन बनाउन सकेका छन्। भैरहवा ग्ल्याडीएटर्सले आफ्नो टिमको अन्तिम ११ मा इलिमीनेटरमै खेलाएको अन्तिम-११ खेलाएको छ।

Sagar Pun
Sagar Pun

काठमाडौँ अन्तिम ११ – सोमपाल कामि, जितेन्द्र मुखिया, नरेश बुढायर, अमित श्रेष्ठ, राजु रिजाल, संसाद शेख, सिद्धान्त लोहनी , सन्दिप रजाली, रोहण मुस्तफा ( कप्तान ) , केभिन ओ ब्रायन, प्रदिप साहु

भैरहवा अन्तिम ११ – शरद भेसावकर ( कप्तान ) , आरिफ शेख, रोहित पौडेल, कृष्ण कार्की, भुवन कार्की, प्रदिप ऐरि, , अविनाश बोहरा, कुशल मल्ल, रभी इन्दर सिंह, रायन टेन डेस्काटे, मुहम्मद नबिद

 काठमाडौँ र भैरहवा – हेड टु हेड 

जारि ईपिएलको लिग चरणको खेलमा काठमाडौँ किंग्स-११ ले भैरहवालाई ७ विकेटले पराजित गरेको थियो। पहिले ब्याटिंग गर्दै भैरहवाले दिएको १५० रनको लक्ष्य काठमाडौँले १९.१ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो। भैरहवाको ब्याटिंगमा रभी इन्दर सिंहले ८६ रन बनाएका थिए। काठमाडौँको ब्याटिंगमा अमित श्रेष्ठले ५०, रोहन मुस्तफाले ३६ तथा केभिन ओ ब्रायनले ३३ रन तथा बलिङ्गमा जितेन्द्र मुखियाले २ विकेट लिए।

गत सिजन भने लिग चरणमा भैरहवाले काठमाडौँलाई ७ विकेटले पराजित गरेको थियो। त्यस क्रममा काठमाडौँले पहिले ब्याटिंग गर्दै ११८ रन बनाएको थियो। ११९ रनको लक्ष्य भैरहवाले ३ विकेट गुमाएर १६.३ ओभरमा भेटाएको थियो। जितमा कप्तान शरद भेसावकरले २ विकेट लिनुको साथै ३२ रन पनि बनाएका थिए।

भैरहवाको हालसम्म प्रदर्शन  

प्रतियोगितामा उत्कृस्ट सुरुवात गर्ने क्रममा शरद कप्तानीको भैरहवाले लगातार ३ खेलमा जित निकालेको थियो। त्यस क्रममा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दा उसले २१६ को लक्ष्य पछ्याएको थियो। त्यसपछि दोश्रो खेलमा चितवनलाई १२ रनले तथा बिराटनगरलाई तेश्रो खेलमा ४ विकेटले पराजित गरेको भैरहवाले अन्तिम २ खेलमा काठमाडौँसंग ७ विकेटले र ललितपुरसंग ६ विकेटले हार बेहोरेको थियो। लिग अंक तालिकामा तेश्रो स्थानमा रहेपछि भैरहवाले पहिलो इलिमीनेटरमा चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै दोश्रो क्वालीफायर खेल्न लागेको हो।

काठमाडौँको हालसम्म प्रदर्शन 

प्रतियोगिताको पहिलो खेलमा चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको काठमाडौँले त्यसपछि दोश्रो खेलमा ललितपुर प्याट्रीएट्ससंग १० विकेटको हार बेहोर्न पुग्यो। त्यसपछि पुनः सम्हालिने क्रममा पोखरा राइनोजलाई ५ विकेटले तथा भैरहवा ग्ल्याडीएटर्सलाइ ७ विकेटले पराजित गरेको काठमाडौँले लिगको अन्तिम खेलमा बिराटनगर वारियर्सलाई ५ विकेटले पराजित गर्यो। लिगमा दोश्रो स्थान हाँसिल गरेको काठमाडौँले पहिलो क्वालीफायरमा १ विकेटको हार बेहोर्यो।





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]