पुछारमा सोमपालको इनिंगले नेपालले बनायो १३८ रन

Paras khadka , gyanendra malla
  • विकेटनेपाल, माघ २६- शुक्रबार

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोश्रो खेलमा ओमानको सामना गरेको नेपालले पहिले ब्याटिंग गर्दै ४६ ओभरमा सबै विकेट गुमाएर १३८ रनको योगफल खडा गरेको छ।

राति पानि परेपछि को मुस्किल पिचमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालको सुरुवात पुनः राम्रो हुन सकेन। ओपनर ज्ञानेन्द्र मल्ल ७ रन बनाएर पाँचौ ओभरमा कालिमुल्लाहको बलमा विकेटकिपर सुल्तान अहमदबाट समातिए ।

मुल्लाहको बलमा विकेटकिपरबाट समातिएपछि अर्का ओपनर दिलिप नाथ र पारसले दोश्रो विकेटको लागि २८ रन जोडे। ३ चौका मदतले धैर्यतापुर्वक खेलीरहेका दिलिप १५ औं ओभरमा फैज भट्टको शिकार भए। त्यसपछि आएका आरिफ शेख पनि ६ रनमै आउट भए जसको विकेट लगत्तै पारस ( १९ ) ले पनि मैदान छोड्दा नेपालले २३ औं ओभरमा ५६ रन जोड्दा ४ विकेट गुमाईसकेको थियो।

पाँचौ विकेटको लागि शरद भेसावकर र दिपेन्द्र ऐरीले ३६ रनको साझेदारी गर्दै नेपालको स्कोर १०० नजिक पुर्याए। तर ३१ औं ओभरमा २० रन ( ३२ बल, ३ चौका ) बनाएर ऐरीलाई खवर अलिले पेभेलियन फर्काएपछि ब्याटिंग गर्न आएका नामिबियासंगको खेलका हिरो बसन्त रेग्मी १ रन बनाएर आउट हुनपुगे।

३२ औं ओभरमा ९३/६ को स्कोरबाट शरदलाई साथ दिन रोहित आईपुगे । शरदले रोहित सँग १७ रनको साझेदारी गर्दै व्यक्तिगत २२ रनमा बिलाल खानको बलमा आउट भए ।

शरद आउट हुँदा नेपालको स्कोर १११/७ रहेको थियो, नयाँ ब्याट्सम्यान सोमपालले पनि रोहितसँग १२ रनको साझेदारी गरेका थिए तर रोहित व्यक्तिगत १४ रनमा पेभेलियन फर्किए । थप ४ रन जोड्दा करण केसीपनि व्यक्तिगत ४ रनमा रन आउट भए।  त्यसपछिको अर्को बलमा सन्दिप लामिछाने पनि आउट भएपछी नेपालले १३८ रनमा सबै विकेट गुमायो। सोमपाल १७ रनमा अविजित रहे ।

ओमानका लागि खालिमुल्लाहले ४ विकेट लिन १० ओभरमा २ मेडन राख्दै २८ रन खर्चिए । बिलाल खानले २ विकेट लिदा भुट, अलि र ओदेद्राले समान १/१ विकेट हात पारे।

स्कोरकार्ड हेर्नुस 

ओमानले हिजो भएको क्यानडासंगको खेलमा ८ विकेटको पराजय बेहोरेको थियो। त्यसक्रममा पहिले ब्याटिंग गर्दै १०६ रन बनाएको थियो र १०७ रनको लक्ष्य क्यानडाले १६ ओभरमै भेटाएको थियो।

नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गर्दै महत्वपूर्ण २ अंक बटुलेको छ।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]