सोमपाल र करनद्वारा युएईको माथिल्लो क्रम ध्वस्त

nepal cricket team
  • विकेटनेपाल, २८ माघ- आइतबार 

सोमपाल कामि र करन केसीले युएईको माथिल्लो क्रम ध्वस्त पारेपछि आईसीसी बिश्व क्रिकेट लिग अन्तर्गत तेश्रो खेलमा नेपालले शानदार सुरुवात गरेको छ।

प्रतियोगितामा नेपालले यस अघि खेलेको २ मध्ये १ खेलमा नामिबियालाई १ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा ओमानसंग ६ विकेटको हार बेहोरीसकेको छ।

वर्षाको कारण युनाइटेड क्रिकेट क्लब मैदान, विन्ढोकमा निर्धारित समय भन्दा ३ घण्टा सुरु भएको खेलमा नेपालले टस जितेर युएईलाई ब्याटिंग गर्न निम्त्याएको थियो।

Sompal Kami
Sompal Kami

३४ ओभरको इनिंगमा छोट्याएर खेलाईएको खेलको पहिलो ओभरमै सोमपाल कामिले युएई ओपनर अस्फाक अहमदलाई खाता नखोल्दै पेभेलियन फर्काएका थिए। त्यसपछि सातौँ ओभरमा सोमपाललेनै १६ रन बनाएर ब्याटिंग गरिरहेका घुलाम शब्बिरलाई शरद भेसावकरको हातबाट क्याच आउट गराएका थिए।

२५ रनको स्कोरमा २ विकेट गुमाएको युएईले लगत्तै ओभरमा सोहि योगफलमै कप्तान रोहन मुस्तफा ( ७ रन ) लाई पनि गुमाएपछि ७.१ ओभरमा युएईको स्कोर २५/३ पुग्यो। मुस्तफालाई करन केसीले आउट गर्ने क्रममा प्रतियोगितामै विकेटको खाता पनि खोले।

यो समाचार तयार पार्दासम्म युएईले १५ ओभरमा ४५ रन बनाएर ३ विकेट गुमाएको छ।

सोमपालले ५ ओभरमा २३ रन खर्चेर २ विकेट तथा करनले ४ ओभरमा ११ रन खर्चेर १ विकेट हात पारेका छन्। ३ ओभर बलिंग गरेका पारसले २ ओभर मेडन सहित मात्र २ रन खर्चेका छन् भने आरिफ शेखले ३ ओभरमा ९ रन खर्चेका छन्।

हाल क्रिजमा चौथो नम्बरका रामिज शाहजाद र शैमन अन्वर ब्याटिंग गरिरहेका छन्।

प्रत्यक्ष अपडेटको लागि क्लिक गर्नुस 





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]