अम्पायरमाथि आक्रोशित देखिएका सोमपालले माफी माग्दै भने – “हिट अफ द मोमेन्ट थियो, लागेको थिएन कि आउट थिएँ”

एभरेष्ट प्रिमियर लिग अन्तर्गत चितवन टाइगर्स र काठमाडौँ किंग्स-११ बीचको खेलमा अम्पायरले एलबिडब्लु आउट दिएपछि क्रिजमा आक्रोसित प्रतिक्रिया दिएका टाइगर्सका कप्तान सोमपाल कामिले आफ्नो व्यवहार प्रति माफी मागेका छन्।

खेलमा काठमाडौँ किंग्स-११ ले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा  ९५ रन बनाउदा सातौँ विकेटको रुपमा सोमपाल जितेन्द्र मुखियाबाट खाता नखोल्दै एलबिडब्लु भएका थिए। अम्पायर विनय कुमार झाको उक्त निर्णय पछि सोमपाल क्रिजमा उभिएर प्याड भन्दा माथि लागेको इसारा गर्दै अम्पायरलाई हेर्दै आक्रोसित मुद्रामा केहि भनेका थिए। उनले बोलेको कुरा भने सुनिएको थिएन।

खेलपछि मिडियासंग कुराकानीमा सोमपालले हिट अफ द मोमेन्टमा त्यस्तो व्यवहार गरेको बताउदै माफी समेत मागेका छन्। उनले बताए – “हिट अफ द मोमेन्ट थियो। मलाई लागेको थिएन कि म आउट थिएँ तर अम्पायरको निर्णय आउट हो भने आउट हो। त्यसको लागि म ‘आई एम सरि’ भन्न सक्छु। एउटा ब्याट्सम्यानको रुपमा तपाईलाई थाहा हुन्छ कि हजुरको बल कहाँ लागेको छ।”

लगातार दोश्रो खेलमा जित हार पारेता पनि सहज जित भने दर्ता गर्न नसकेकोमा उनले टि-२० फर्म्याटमा यस्तो हुनु स्वाभाविक बताए – “टि-२० मा यस्तो भैरहेको हुन्छ। समय कम हुन्छ र सेट ब्याट्सम्यान आउट भएपछि नयाँ ब्याट्सम्यानले पनि समय लिन खोज्छ। कसैको ब्याटमा लाग्छ कसैको लाग्दैन। सुरुवात राम्रो भएको थियो तर बीचमा विकेट खस्यो र फिनिसिङ पनि राम्रो भयो। नकारात्मक कुरा धेरै छ तर सकरात्मक कुरा तलको ब्याट्सम्यानले पनि आएर जिताएको छ। त्यसैले मैले सकारात्मक पाटोलाई उठाएको छु। आशा गर्छु कमजोरी नदोहोरियोस्।” १४२ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले ९७ रनमा ७ विकेट गुमाइसकेको थियो जुन परिस्थितिमा राजेश पुलामी र कमल सिंह ऐरीले अविजित साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याएका थिए पुलामीले अविजित २६ तथा ऐरीले अविजित २३ रन बनाए।

सोमपालले चितवन टाइगर्स टिम सन्तुलित भएको बताए – “आफ्नो टिम देखि मलाई आत्मविश्वास छ। म संग पर्याप्त बलर छन् भने ब्याटिंगमा पनि अन्तिमसम्म ब्याट्सम्यान छन्। त्यसैले हामीले १६०-८० सम्म पछ्याउन सक्छौं र १२० पनि हामि रक्षा गर्न सक्छौं जस्तो लाग्छ।”

हालसम्म आफु लगायत टिमका ठूला खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेकोमा उनले भने – “म खुसि छु कि अहिलेसम्म आएको छैन र पछि आओस् र ठूलो खेलमा ठूलो खेलाडीले प्रदर्शन गरोस् ट्रफी उठाउन मद्दत गरोस्”

लिगमा चितवनले खेलेको दुवै खेलमा जित हाँसिल गर्दै ४ अंक सहित दोश्रो स्थानमा रहेको छ। ३ खेलमा १ जित , १ बराबरी र १ खेल नतिजाविहिन रहेको भैरहवा समान अंक रहेता पनि नेट रन रेटमा अघि रहँदै पहिलो स्थानमा रहेको छ। अंकतालिका  





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]